back
CTIZAN AD

इटालीमा कोरोनाको कहरः नेपाली समाजका अध्यक्ष काराखेतीले गरे यस्तो अनुरोध

वि.सं.२०७६ चैत ४ मंगलवार

1.2K 

shares

४ चैत, इटाली । नेपाली समाज रोमका अध्यक्ष हरिभक्त काराखेतीले इटालीमा कोरोनाको महामारी र त्यसले ल्याएको जटिलता तथा कागज नभएका तथा वेरोजगारी नेपालीका लागि खाद्य सामग्रीको व्यवस्था गरिदिने बताएका छन् ।

रोमबासी नेपालीहरु कोरोना संक्रमणको त्रासका कारण बाहिर निस्किन हिड्न डुल्न समेत कठिनाइ भैरहेको बेलामा यहाँको कागजात नहुने नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई झन धेरै अप्ठ्यारो परेको हुनसक्ने र कतिपयको कोरोनाको महामारी आउनु अगाडि देखिनै बेरोजगार रहेको बताउँदै रोमको Lazio zone मा रहेका त्यस्ता दाजुभाइहरुलाई सहयोग गर्ने बताएका छन् ।

‘विशेष गरेर कागजात नहुने र महामारी फैलिनु भन्दा पहिले देखिनै बेरोजगार बसिरहनु भएका रोम (Lazio zone)  का दाजुभाइ दिदीबहिनीहरुको लागि केही समयको लागि एउटा सानो सहयोग स्वरुप दैनिक उपभोग्य खाद्य सामाग्रीको बन्दोबस्त गरिदिन चाहान्छु ।’ कराखेतीले भनेका छन् ।

उनले त्यस्तो अवस्थामा रहेका दाजुभाइले 3291485117 नम्बरमा सम्पर्क गर्न र आफ्नो ठेगाना पनि दिन पनि अनुरोध गरेका छन् । ‘म आफै तपाईंहरुको घर अगाडि आइपुग्ने प्रयास गर्नेछु । कुनै अप्ठ्यारो नमान्नुहोस तपाईंहरुको परिचय नितान्त गोप्य रहने छ ।’ उनले भनेका छन् ।

मलाई Viber, WhatsApp , म्यासेन्जर र इमेल hbkarakheti@libero.it मा समेत सम्पर्क गर्नसक्नु हुनेछ ।

वि.सं.२०७६ चैत ४ मंगलवार १८:२० मा प्रकाशित

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....