back
CTIZAN AD

कतारबाट डिर्पोट गरिएका नेपालीका बारेमा यस्तो भन्यो नेपाली दूतावास कतारले

वि.सं.२०७६ चैत ४ मंगलवार

804 

shares

४ चैत, कतार । कतारबाट डिर्पोट गरिएका नेपालीका बारेमा नेपाली दूतावास कतारले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

दूतावासले कतारबाट केही नेपाली नागरिकलाई विना कारण डिर्पोट गरिएको भन्ने समाचारको सन्दर्भमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै यसका बारेमा कतार सरकारको सम्बन्धीत निकायसँग जानकारी दिने काम भइरहेको समेत बताएको छ ।

दूतावासद्धारा मंगलबार जारी विज्ञप्तिमा उक्त कुराको जानकारी दिँदै कतारले कोभिड १९ का बारेमा विभिन्न सूचनाहरु जारी गरेको भन्दै विभिन्न कुरामा ध्यान दिन पनि अनुरोध गरिएको छ ।

दूतावासले कतार सरकारको सम्बन्धीत निकायबाट जारी हुने सबै प्रकारका निर्देशनहरुको पालना गर्न भन्दै कतार सरकारले तोकेको निशेधित क्षेत्रहरुमा नजान वा भेला नहुन पनि अनुरोध गरेको छ ।

श्रमिकहरुको आवासीय क्षेत्रको आसपास सप्ताहन्त लगायत अन्य समयमा अवैधरुपमा पसल राखी समानहरुको किनबेच गर्ने पाइएको र सो कुरालाई कतार सरकारले बन्देज गरेको हुँदा कम्पनीको आधिकारीक व्यक्तिसँग तोकिएको संख्या (२ जना) मा आधिकारीक स्थानहरुबाट मात्र किनमेल गर्नुहुन अनुरोध’ दूतावासबाट जारी विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७६ चैत ४ मंगलवार १७:४७ मा प्रकाशित

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....