back
CTIZAN AD

एनआरएनए उच्चस्तरीय समितिको बैठक सम्पन्न, के-के भए त छलफल ?

वि.सं.२०७६ चैत ७ शुक्रवार

792 

shares

७ चैत, लन्डन । विश्वव्यापी प्रकोप बनेको कोरोना भइरसको सम्भावित संक्रमण र विस्तार रोक्ने नेपाल सरकारको अभियानलाई सहयोग गर्न गठित गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिको बैठक सम्पन्न भएको छ ।

एनआरएनए अध्यक्ष कुमार पन्तको संयोजकत्वमा बिहीवार बसेको उच्चस्तरीय अनुगमन समितिको बैठकमा विश्वभर फैलियको कोरोना भाइरसको संक्रमणको विश्वव्यापी प्रभाव र विदेशमा रहेका नेपाली समुदायमा पर्ने असरका वारेमा छलफल भएको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिए ।

बैठकलाई सम्वोधन गर्दै पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगनकुमार थापाले कोरोना भाइरसको महामारी नियन्त्रणमा विदेशमा रहेका नेपालीको महत्वपूर्ण भूमिका हुने बताए । थापाले कोरोना भाइरसको संक्रमणले मानव स्वास्थ्यमा मात्र नभएर आर्थिक तथा सामाजिक क्षेत्रमा समेत संक्रमण फैलिएको वताउँदै विश्वभर छरिएका नेपाली एकभएर यो महामारीबिरुद्ध लड्नु पर्ने वताए ।

थापाले विश्वभर छरिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को सञ्जालको प्रयोग गरेर विदेशमा सिकेको सिप र ज्ञानलाई समेत नेपालमा भइरहेको महामारीबिरुद्ध लड्न सदुपयोग गर्न सकिने वताए । उनले विदेशमा बस्ने नेपालीलाई परेको अप्ठ्यारो अवस्थामा नेपाल सरकारले तत्काल अल्पकालीन तथा दीर्घकालीन योजना ल्याउनु पर्नेमा जोड दिए ।

दुई घण्टाभन्दा बढी बैंठकमा समय व्यतित गरेका थापाले संघका विश्वभर छरिएका शाखालाई विदेशमा कोरोना भाइरसबाट कति नेपाली प्रभावित भएका छन् त्यसको तथ्यांक संकलन गर्न सुझाव दिए ।

थापा उच्चस्तरीय समितिको सल्लाहकार हुन् । बैठकले १ हप्ताभित्र कोरोना भाइरसबिरुद्ध रणनीति कार्यपत्र तयार गरेर नेपाल सरकार समक्ष पेश गर्ने निर्णय गरेको छ । सो कार्यपत्र तयार गर्न डा. पुरु श्रेष्ठ, डा. सञ्जीव सापकोटा, डा. दोर्ण रसाली, डा. हेमराज शर्मा, डा. सन्तोष सापकोटा रहेको कार्यदल गठन गरेको छ । सो कार्यदलले तयार गरेको कार्यपत्र (सुझाव) नेपाल सरकार समक्ष पेश गर्ने तयारी गैरआवासीय नेपाली संघको छ ।

वैठकमा उच्चस्तीरय समितिका सदस्य डा. श्रवण मिश्रले नेपालमा कोरोना भाइरसको प्रभावका बारेमा आफ्ना भनाइ राखेका थिए । मिश्रले नेपालमा भइरहेको कोरोना भाइरस टेष्ट (परिक्षण) विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप भएको बताउँदै सबैलाई सो परिक्षणप्रति आश्वस्त हुन आग्रह गरेका थिए ।

अध्यक्ष पन्तले कोरोना भाइरसको संक्रमणपछि संघको तर्फबाट भएका कार्यहरुको जानकारी दिएका थिए ।  पन्तले संघले पछिल्लो महामारीका कारण विदेशमा रहेका नेपालीलाई नेपाल जान लगाएको रोक व्यवहारिक नभएको जनाए । उनले कोरोना संक्रमणले विदेशमा रहेका विद्यार्थी तथा बैदेशिक रोजगारमा रहेका नेपाली समुदायले चरम कठिनाई भोग्नुपर्ने आवस्था आउन लागेको बताउँदै सम्वन्धित सबै पक्षलाई सहयोगको लागि अपील गरेका थिए ।

बैठकमा कोरोना भाइरसका कारणले उत्पन्न आर्थिक तथा समाजिक पक्षलाई पार्न सक्ने कठिनाइमा केन्द्रीत रहेर अल्पकालीन तथा दीर्घकालीन गुरु योजना तयार गर्नेलगायतका विषयमा छलफल भएको थियो । चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस विश्वका धेरै देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेसँग मातृभूमिलाई सहयोग गर्न एनआरएनएले समेत आफ्नो सक्रियता देखाएको हो । यसअघि संघले हेल्थसम्वन्धी एक उपसमितिमार्फत नेपालमा स्वास्थ्य क्षेत्रमा सेवा दिदैं आएको थियो ।

वि.सं.२०७६ चैत ७ शुक्रवार १५:११ मा प्रकाशित

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....