back
CTIZAN AD

युएईमा समस्यामा परेका ३० जना नेपाली ट्याक्सी चालकलाई एनआरएनए युएईको सहयोग

वि.सं.२०७६ चैत १४ शुक्रवार

825 

shares

१४ चैत, युएई । युएईमा समस्यामा परेका ३० नेपाली ट्याक्सी चालकलाई एनआरएनए (नेपाली एसोसियन) युएईले आर्थिक सहयोग गरेको छ ।
सारजाहस्थित इमिरेट्स ट्याक्सी क्याब कम्पनीमा कार्यरत उनीहरु कामबिहिन भएको तथा कम्पनीले तलब नदिएपछि खान बस्न समेत समस्या भएको जानकारी आएपछि एनआरएनए युएईले आर्थिक सहयोग गरेको हो ।

एनआरएनए युएईका बोर्ड अफ डाइरेक्टर रमेश श्रेष्ठले उनीहरु रहेको क्याम्पमै पुगेर नगद १५ सय दिरहाम र प्रतिव्यक्ति दुईवटा स्यानिटाइजर सहयोग गरेको जानकारी दिएका छन् ।

ओशो तथा फ्युचर म्यानपावरमार्फत १ लाख ५० हजारदेखि ३ लाख ३५ हजार रुपैयाँसम्म बुझाएर यूएई आएका उनीहरु केही समयदेखि कामबिहीन भएको र कम्पनीले तलब समेत नदिएकाले समस्या परेको समाचार सार्वजनिक भएको थियो ।

उनीहरुले आफ्नो समस्या नेपाली दूतावासमा पनि सुनाएको र कोरोना सङक्रमणको जोखिम रोकथाम तथा नियन्त्रणका लागि सबैतिर उडान स्थगित भएकाले उद्दारमा समस्या भएको दूतावासले जानकारी दिएको छ । उनीहरुसँगै समस्यामा परेका पाँच जनालाई भने उद्दार गरेर नेपाल पठाइसकेको दूतावासले बताएको छ ।

वि.सं.२०७६ चैत १४ शुक्रवार ११:४७ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...