back
CTIZAN AD

आत्मनिर्भर उन्मुख कृषि पेशाले समृद्धि सम्भव

वि.सं.२०७६ चैत १७ सोमवार

1.6K 

shares

“समृद्ध नेपाल सुखी नेपाली”को नाराले, नयाँनयाँ योजनामा काम गर्न पाउने आशमा रहेको छन् तर सरकार बेरोजगार भत्ता बाँड्न हतार गर्दैछ । यसरी आम श्रमजीवीलाई मजदुरी काम गर्ने मौका नदिने र सबै विकास योजना लथालिङ्ग पारेर बेरोजगारीको भत्ता चाहिं कसलाई र किन बाँड्न खोजेको हो ?  बहुमुखी योजना द्रुतमार्गबाट कार्यान्वयन गरेर त्यस कार्यको लागि त्यस योजना क्षेत्रका युवालाई कमसेक मजदुरी गर्ने मौका दिलाउनु पर्छ ।

डा. नारायणप्रसाद भट्ट

चीन, कोरिया, भारत आदि लगायतका देशले सिंचाइ पानीको व्यवस्थापन गर्न नहरलाई नै प्रमुख मानी आधुनिक प्रविधिको प्रयोगमा जोड दिने गरेकाले कृषि उत्पादकत्वमा उल्लेख्य फड्को मारेका छन् । तर हामी भने सिंचाइको अभाव एवं आकाशे पानीको आशैआशमा महँगो बिउ र मल माटोमा फाल्नुपर्ने बाध्यता छ । अब पनि यस्तो अवस्थामा कति समय व्यतित गर्ने रु भत्रे प्रश्न अहम् बत्रपुगेको छ ।

दुई तिहाइ कृषिमा आधारित जनताहरूले आफ्नो दुई तिहाई समय बेइलम (सिजनल बेरोजगारी) भएर नै बिताउँछन् । यस्ता व्यवधानको अन्त्य नभएसम्म कृषि उत्पादन बढ्न सक्दैन, यसले त कृषिमा निर्भरता होइन, प्रगतिमा थप अल्झन हुनेछ । यस्तो प्रवृतिले आम किसानको जीवनमा परिवर्तन आउँदैन र गरिबी निवारण हुन सक्दैन जसले गर्दा आम उपभोक्ताहरू खाद्यात्र मूल्यवृद्धिको भार खेप्न बाध्य हुनेछन् ।

कृषि आर्थिक विकासको मेरुदण्ड भनिए पनि कृषि पेशालाई उचित स्थान नदिनु नै समस्याको मूल जड देखिएको छ । नेपालको योजना हेर्दा कृषिजन्य व्यवसायमा अझ पछिसम्म पनि आकाशे पानीको भर पर्नुपर्ने बाध्यता देखिएको छ । योजनाले समयलाई पछ्याउन सकेको देखिंदैन । अझै पनि कृषिलाई केवल साहित्यमा, कागजी नीतिनियममा पट्याउने र थन्क्याउने प्रचलन कायमै छ । हजारौं युवा खाडी मुलुकमा रगत पसिना बगाउन बाध्य हुनुको कारणहरू मध्ये सिंचाइयुक्त खेती प्रणाली नहुनु पनि एक हो।

जति ठूलो गफ हाँके तापनि हाम्रो देशको कृषि प्रणाली निर्वाहमुखी तहभन्दा माथि उठ्न सकेको छैन । उत्पादनका सामग्रीहरू पनि आयात गर्नुपर्ने र खाद्यात्र पनि आयात गर्नुपर्ने हुँदा हाम्रो कृषि पद्दति उल्टो दिशामा दौडिरहेको भान हुन्छ । त्यसको समाधानतिर योजनाविद्हरू पूर्ण रूपमा लाग्नुपर्ने आवश्यकता छ । सिमित कृषकलाई कृषि उपकरण, औजार, बिउबिजन तथा मलको लागि पैसा बाँडेर कृषिलाई आत्मनिर्भर बनाउन सकिन्छ भत्रे भ्रम नराखेर त्यसभन्दा माथि उठेर, हरेक सिँचाइको कमान्ड अनुसार आत्मनिर्भर उन्मुख कृषक समुदायको योजना बनाउनु पर्दछ । यसर्थ आजको आवश्यकता पुरा गर्न उत्प्रेरणा दिने खालको रचनात्मक कार्यक्रम बनाई उत्पादित वस्तुलाई उचित प्रोत्साहन दिनुपर्दछ ।

राष्ट्रमा “समृद्ध नेपाल सुखी नेपाली”को नाराले कृषिमा आधुनिकीकरण गरी उत्पादकत्व बढाउन सकेमा मात्र यस नाराले मूर्तरूप लिनेछ । तर कृषि उत्पादन सामग्रीहरूको उच्चतम् प्रयोगमा आम नेपालीले परिश्रम गरेर मात्र उत्पादकत्व बढाउन सकिनेछ । दुई तिहाई कृषि पेशामा आश्रित जनसमुदाय पनि एक वर्षे मौसमी खेतीमा मात्र परिश्रम गर्न पाउँछन् र बाँकी दुई सिजन (हिउँद र वसन्त) मा वेरोजगार नै बस्न बाध्य छन् । त्यो अभाव पूरा नगरिकन “समृद्ध नेपाल सुखी नेपाली” कसरी सम्भव होला र ?

कृषिमा आधुनिकीकरण हुनुपर्ने भनेको कृषियन्त्र (ट्रयाक्टर) को मात्र प्रयोगमा होइन, बरू भरपर्दो सिंचाइ, असल बिउ, मल आदि समयमै उपलब्ध हुनु भत्रे बुझिन्छ । त्यसैले कृषि उत्पादनमा भरपर्दो सिंचाइ, असल बिउ, मल र असल विधि समयमै उपलब्ध हुनुपर्दछ । किसानलाई कृषि उत्पादनकत्व बढाउन प्रोत्साहन गर्नु पर्दछ । हामीले कृषि क्षेत्रमा व्यहोर्दै आएको प्रमुख समस्या भनेकै समयमा बिउ, मल, आदि नपाउनु नै हो । यसका साथै अविश्वासिलो सिंचाइ व्यवस्था र आकाशे/वर्षे खेती प्रणाली पनि उत्तिकै कारक देखिन्छन ।

नेपाली युवा अन्य विभित्र मुलुकमा सिकेका कृषिजन्य आधुनिक प्रविधिहरू सिपलाई आफ्नो देशमा भित्र्याउन र सदुपयोग गर्न चाहन्छन् जसलाई राज्यले व्यवस्थित गर्न सक्नुपर्दछ । श्रमजीवी जनता सानोतिनो लाग्ने “मजदुर काम” नै नपाएर चिन्तित छन । राष्ट्रमा “समृद्ध नेपाल सुखी नेपाली”को नाराले, नयाँनयाँ योजनामा काम गर्न पाउने आशमा रहेको छन् तर सरकार बेरोजगार भत्ता बाँड्न हतार गर्दैछ । यसरी आम श्रमजीवीलाई मजदुरी काम गर्ने मौका नदिने र सबै विकास योजना लथालिङ्ग पारेर बेरोजगारीको भत्ता चाहिं कसलाई र किन बाँड्न खोजेको हो ?  बहुमुखी योजना द्रुतमार्गबाट कार्यान्वयन गरेर त्यस कार्यको लागि त्यस योजना क्षेत्रका युवालाई कमसेक मजदुरी गर्ने मौका दिलाउनु पर्छ । समृद्धिको लागि त्यस योजना क्षेत्रका युवालाई कमसेक मजदुरी गर्ने मौका दिलाउनु बेरोजगार भत्ता बाँड्नुभन्दा श्रेयस्कर हुनेछ ।

श्रमजीवी जनता नयाँ नयाँ योजनामा काम गर्न पाउने आशमा रहेको छन् तर सरकार बेरोजगार भत्ता बाँड्न हतार गर्दैछ । यस्तो अवस्थाबाट जोगाउन राष्ट्रले कृषि उत्पादनका लागि रचनात्मक योजना शुरू गर्दैछ भत्रे भावना जगाउन सके मात्र आम नेपालीको मन मर्नबाट बचाउन सकिनेछ ।

 

वि.सं.२०७६ चैत १७ सोमवार १०:०४ मा प्रकाशित

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...