back
CTIZAN AD

यतिखेर विश्वमा जीवित वाद हो, किसानवाद

वि.सं.२०७६ चैत २९ शनिवार

651 

shares

स्तब्ध समय, मौन प्रकृति, भयभीत मनुष्य यतिखेर सब चिज बेकार र मूल्यहीन छन् । मूल्यवान छ त केवल किसान मित्रको पसिना ।

यतिखेर न घरघडेरीको मोलमोलाइमा छन् मान्छेहरू  न सूनचाँदी र गरगहनाको तुजुक देखाउने होड छ । महंगा र चिल्ला गाडीघोडाहरू प्रयोगहीन भएर थन्किएका छन् । सारा कम्पनी कारखाना बन्द छन् । सबै होटल र रेस्टुराँहरूमा ताला झुन्डिएको छ । सम्पूर्ण शोरुम र मिटिङ रुमहरू श्मशान झैं निर्जन छन् । बडे बडे मल र हलहरू भूतघर झैं खाली छन् । बस, रेल, जहाज र हवाईजहाजहरू थन्किएर बसेका छन् ।आकाशको सूर्य बाहेक सबथोक ठहराबमा छन् । वायुमण्डलको हावा समेत थकित पीडित छ ।

सस्त्र अस्त्र अनि मसाल र मिसायल सब निस्तेज निस्प्राण भई बसेका छन् । कस्ता कस्ता अभिमान र अहंकारहरू यतिखेर घुँडा टेक्न बाध्य छन् । जति जे जे कमायौ आखिर खोइ काम आयो यी शान र सौकातका चिज खोइ काम आयो । स्पा, स्विमिङ पूल, ती भिजा र पासपोर्टहरू बेकारझैं थन्किएका छन् यतिखेर । केवल एउटै सपना र विपनामा बाँचेका छन् मान्छेहरू एक पेट बिहानको खुराक एक पेट बेलुकाको खुराक । अब त बुझ किसान मित्रको महिमा कति रहेछ । अब त सम्झ किसानको अपरिहार्यता कस्तो रहेछ । अबदेखि पक्कै पनि तिमी आफूलाई किसानको सन्तान भन्न धकाउने छैनौ, सन्ततिलाई अब तिमी पराईको नोकर बन्ने अपांग शिक्षा हैन स्वाबालम्बी किसान बन्ने शिक्षा दिन थाल्नेछौ,अबदेखि तिमी हुर्केका छोराछोरीलाई विदेशीभूमि चीन, अमेरिका, स्पेन ,बेलायत अनी जापान , कोरीया हैन, परापूर्खाले आर्जेको गाउँठाउँ त त्यहाँको त्यो उर्वर भुमितिर जान प्रेरित गर्नेछौ ।

किनकी, यतिखेर सबैको प्राणधार केवल किसान मित्र नै हो । सारा संसारको आशा र भरोसाको चरित्र किसान मित्र नै हो । यतिखेर समस्त विश्वमा केवल एउटा नीति जीवित छ, त्यो हो खेति किसानी । केवल एउटा वाद छ जीवित छ, त्यो हो किसानवाद । केवल एउटा मन्त्र जपिएको छ, त्यो हो भोजनमन्त्र । यी सबैको मूलमा सिर्फ एकमेव पात्र छ त्यो हो मेरो किसान मित्र ।

वि.सं.२०७६ चैत २९ शनिवार १०:५७ मा प्रकाशित

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत दृष्टिकोण एउटा समस्या समाधान गर्ने विधि हो जसले व्यक्तिगत...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

असमानताको वर्तमान अर्थराजनीतिक चित्र

असमानताको वर्तमान अर्थराजनीतिक चित्र

१.अवधारणा सामाजिक असमानता भनेको समाजभित्र व्यक्ति वा समूहहरू बिच स्रोत,...