२ वैशाख । युरोप देश स्पेनले एक महिनाभन्दा लामो समयदेखि जारी रहेको लकडाउनलाई केही खुकुलो पारेको छ भने फ्रान्सले लकडाउन एक महिना थपेको छ ।
फ्रान्समा संक्रमणको संख्या बढीरहेको भन्दै राष्ट्रपति इम्मानुएल म्याक्रोंले लकडाउनको समय समय ११ मे (वैशाख २९) सम्म बढाएका छन् ।
राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति इम्मानुएलले लकडाउनको कोरोना भाइरसविरुद्ध मुलुकले लडिरहेको जनस्वास्थ्य युद्धमाथि विजय हासिल गर्न लकडाउन लम्ब्याउन जरुरी भएको बताएका छन् ।
म्याक्रोंले कोरोना संक्रमित पत्ता लगाउन आम नागरिकको स्वास्थ्य परीक्षण गराउने र मे ११ सम्म अनिवार्य रूपमा मास्क लगाउनु अनिवार्य भएको पनि घोषणा गरेका छन् ।
राष्ट्रपति म्याक्रोंले फ्रान्समा थप १० हजार भेन्टिलेटरको व्यवस्था पनि जानकारी दिएका छन् । फ्रान्समा मंगलबारसम्म १ लाख ३६ हजार ७ सय ७९ जना कोरोना भाइरसबाट संक्रमित भएकोमा १४ हजार ९ सय ६७ जनाको मृत्यु भइसकेको छ ।
स्पेनमा खुकुलो
कोभिड–१९ संक्रमणका कारण मर्नेको संख्यामा विस्तारै कमि आउन थालेपछि स्पेनले लकडाउनलाई केही खुकुलो गरेको हो ।
सोमबारबाटै केही निर्माण तथा उत्पादनका क्षेत्र सुरु गर्ने अनुमति दिइएको स्पेनी अधिकारीहरुले बताएका छन् । निश्चित क्षेत्रमा काम गर्न खुकुलो बनाइए पनि कम्तीमा अप्रिल २६ सम्मका लागि पसल, बार तथा सार्वजनिक क्षेत्र भने बन्द नै हुने बताएको छ । सर्वसाधारणलाई घरबाट ननिस्कन भनिएको छ ।
सरकारले त्यस्ता क्षेत्रका कामदारका लागि केही निश्चित नियम र निर्देशिका पनि जारी गरेको छ ।
कम्पनीमा काम गर्ने क्रमा व्यक्तिगत रक्षात्मक कवच (पीपीई) लगाएर कम्तीमा दुई मिटरको सामाजिक दूरी कायम राखेर काम गर्नुपर्नेछ । कामदारलाई सार्वजनिक यातायात प्रयोगमा बन्देज लगाएको हुँदा कामदारलाई लाने ल्याउने काम कम्पनी स्वयम्ले गर्नुपर्नेछ ।
कोरोनाका कारण ज्यान गुमाउनेमा स्पेन तेस्रो राष्ट्र हो । यद्यपी अघिल्लो हप्ताबाट स्पेनमा ज्यान गुमाउनेको संख्या घट्दो क्रममा छ । मंगलबार बिहानसम्म स्पेनमा १ लाख ७० हजार ९९ जनामा संक्रमण पुष्टि भइसकेको छ भने मृतक संख्या १७ हजार ७ सय ५६ पुगेको छ ।
| Country, Other |
Total Cases |
New Cases |
Total Deaths |
New Deaths |
Total Recovered |
Active Cases |
Serious, Critical |
Tot Cases/ 1M pop |
Deaths/ 1M pop |
Total Tests |
Tests/ 1M pop |
|---|
| Spain | 170,099 | 17,756 | 64,727 | 87,616 | 7,371 | 3,638 | 380 | 600,000 | 12,833 |
| France | 136,779 | 14,967 | 27,718 | 94,094 | 6,821 | 2,095 | 229 | 333,807 | 5,114 |
वि.सं.२०७७ वैशाख २ मंगलवार ०९:३८ मा प्रकाशित






























