back
CTIZAN AD

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, नेता महतोले भने-‘फुट्ने र फुटाउने होइन, जुटेर देखाइदियौं’

वि.सं.२०७७ वैशाख ११ बिहीवार

873 

shares

११ बैशाख, काठमाण्डौं । बुधबार मध्यराति एकिकरण भएका समाजवार्दी पार्टी र राष्ट्रिय जनता पार्टी एक भएर ‘जनता समाजवादी पार्टी नेपाल’ निर्माण भएको छ ।

विहिबार विहिबार बिहान १० बजे उक्त पार्टीका उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका शिर्ष नेता तथा केन्द्रीय कार्यकर्ताको सहभागीतामा कान्तिपथस्थित निर्वाचन आयोगमा पुगेर पार्टी दर्ताका लागि निवेदन दिएका छन् भने दल दर्ता प्रक्रिया अगाडि बढाइने निर्वाचन आयोगले जानकारी दिएको छ ।
सबै प्रक्रिया पूरा गरेर आयोगमा दल दर्ता गराउन पुगेको नेताहरुले बताएका छन् ।

उनीहरुले प्रधानमन्त्रीले अध्यादेश ल्याएर पार्टी फुटाउन खोजेको आरोप लगाउँदै आफूहरुले एकता गरेको र यो एकता नेपाली जनताको एकता भएको सन्देश दिएको समेत बताएका छन् ।

दल दर्ताका लागि आयोगमा पुगेका पार्टीका अध्यक्ष राजेन्द्र महतोले जनताले जिताएको र आसा गरेको पार्टीबाट असन्तुष्ट हुँदै जनताले वैकल्पिक शक्ति खोजिरहेको बेला आफूहरु एकिकृत भएर नेपालकै तेश्रो दलको रुपमा बैकल्पिक शक्ति बनेर आउन खोजेको बताए । उनले यो एकताको प्रक्रिया १ वर्षदेखि नै भएको र उपेन्द्र महतोले सरकार छोड्न ढिला भएकाले पनि एकता ढिलो भएको र बुधबार नै एकता गरिएको बताए ।

‘प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रलाई कमजोर गर्ने पार्टी प्रणालीलाई कमजोर गर्ने, देशमा अशहिष्णुता निम्त्याउने र एकदलिय व्यवस्था तथा निरंकुशता देशमा लाद्ने, जुन निरंकुशताका विरुद्ध हामी लड्यौ, तर आज सरकारले एकदलिय रुपमा जे मन लाग्यो त्यहि गर्ने संबैधानिक नियुक्ति गर्ने, दललाई फुटाउने, यस्ता अध्यादेश रातारात ल्याउनु भयो’, दल दर्ताका लागि आयोगमा पुगेका नेता महतोले संचारकर्मीसँग भने, ‘आफ्नो कुर्सी रक्षा गर्न ल्याएको अध्यादेश राजपा र समाजवादी पार्टीलाई फुटाउँछु भनेर लागेको भन्ने समाचार आएपछि हिजो राति बसेर एकता प्रक्रिया टुंगो लगाएका हौं । हामी एकिकृत भएका हौं ।

त्यसैगरी उपाध्यक्ष रेणु यादव लगायतका केही नेता तथा कार्यकर्ता असन्तुष्ट रहेर पार्टी फुटाएर नयाँ दल बनाउन खोजिएको भन्ने कुरा आएको छ नि भनेर सोधिएको प्रश्नमा महतोले भने, ‘फुट्ने कुरा त देखि हाल्नु भयो, जुटेर देखाइदियौं फलना तिलाना भन्ने कुरा आएको छ समाजवादी र राजपामा कुनै फुट छैन । सबैलाई मिलाउँछौ । एकता प्रक्रियालाई अगाडि बढाउँछौं ।’

बुधबार राति समाजवादी पार्टीका तर्फबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ तथा राजपाका तर्फबाट महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरत सिंह भण्डारीको सहभागीतामा दुवै पार्टीलाई मर्जर गरेर जनता समाजवादी पार्टी बनाइएको हो ।

मध्यरात हुनै लाग्दा समाजवादी र राजपा बिच एकता

वि.सं.२०७७ वैशाख ११ बिहीवार ११:१६ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...