back
CTIZAN AD

मेरा पाँच मुक्तक

वि.सं.२०७७ वैशाख २० शनिवार

3.2K 

shares

१.
त्यो बच्चामा खेल्दा टालाटुली, कति मजा थियो,
हिड्थ्यौ साथी संगी टोल डुली, कति मजा थियो ।
कहानी जस्तै लाग्छ, अचेल त्यो बचपन सम्झिदा,
खेल खेल्दा हामी बेहुला बेहुली, कति मजा थियो ।

२.
सानालाई माया ठूलालाई, गर्नुपर्छ नमस्कार सम्झनु,
जहाँ गएपनि तिमीले हाम्रो, यहि एउटै संस्कार सम्झनु ।
नमात्तिनु नआत्तिनु सदासर्बदा, ठुलाबडाको अर्ति मान्नु,
यो बानि बसाले, तिम्रो जिन्दगीमा बज्छ झंकार सम्झनु ।

३.
मुटु दुई भए के भयो, धडकन एउटै छ,
हाम्रो चोखोँ मायाको, कम्पन एउटै छ ।
यो दुनियाँको, प्रबाह छैन है हामीलाई,
आँधि आएनी, नछुट्टिने बचन एउटै छ ।

४.
चुपचाप नै बसेपनि, कातर भन्न सक्छन् ,
चकचकनै गर्दापनि, बाँदर भन्न सक्छ्न् ।
उठदा पनि सुख छैन, बसे झन के हुन्थ्यो,
फेरि खै कहाँ भाग्यो, जाँगर भन्न सक्छ्न ।

५.
न यता न उता, नदिको दुई किनार भो जिन्दगी,
अस्तित्वहिन अर्थहीन, अझै बेसार भो जिन्दगी ।
संसारलाई जिती रमाउने, मेरो रहर कति कति,
काट्नै नमिल्ने अफ्ठ्यारो, जँघार भो जिन्दगी ।

बेनि नगरपालिका १ रत्नेचौर म्याग्दी, हाल- युएई

वि.सं.२०७७ वैशाख २० शनिवार १०:१६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...