back
CTIZAN AD

लघुकथा : एक अंगालो

वि.सं.२०७७ वैशाख २० शनिवार

888 

shares

उ प्रकृतिको नजिकै बस्छे । फराकिलो जंगल सामून्य छ । स्वच्छ नदी उसकै सिमानालाई छोई बग्छ । कालो पीच आँगन नजिकै सुतिरहेको छ ।
कसैले उसलाई सिकायो-
‘बहिनी, तिमीसंग एकअंगालो जाँगर छ, कृषीकर्म गर ।’

उसले भोलिपल्टै-
३ दुई माउ बाख्रा ल्याई ।
-बढ्दै गएर १८ वटा पुगे ।
३ एउटा बाछ्छी ल्याई ।
-बाछ्छी माउ बनी र ब्याई ।
३ केही चल्लाहरु ल्याई ।
-चल्ला भालेरपोथी बनेर चल्लाहरु नै कोरले ।
३ मौरीको घार ल्याई ।
-रानी फुटाउदै घारहरु बढाई ।

३ खेतमा धान फलाई ।
३ बारीमा मकै\कोदो उमारी ।
३ करेसामा व्यवसायिक तरकारी खेती गरी ।
३ मुसा मार्न बिरालो पाली ।
३ सुरक्षा लिन कुकुर पाली ।

धेरैले उसको घरलाई कृषि फर्म भन्छन् । कतिले उसको घरलाई चिडियाखाना पनि भन्छन् । उसको काम र जाँगरले बिस्तारै चर्चा बटुल्न थाल्यो । स्थानीय सरकार र पत्रकारहरूले उसको एकअंगालो जाँगर हेर्न र प्रचार÷प्रसार गर्न थाले ।

सबैले उसको एकअंगालो जाँगरको चर्चा चलाइरहे । उसले एकदिन सबैको सामु प्रतिवाद गरी– ‘मैले यी सब काम एकअंगालो लोग्ने नभएर गरेको हूँ र ।’

हालः तारकेश्वर नगरपालिका–७ फुटुङ्ग, काठमाडौ

वि.सं.२०७७ वैशाख २० शनिवार १०:१८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...