उ प्रकृतिको नजिकै बस्छे । फराकिलो जंगल सामून्य छ । स्वच्छ नदी उसकै सिमानालाई छोई बग्छ । कालो पीच आँगन नजिकै सुतिरहेको छ ।
कसैले उसलाई सिकायो-
‘बहिनी, तिमीसंग एकअंगालो जाँगर छ, कृषीकर्म गर ।’
उसले भोलिपल्टै-
३ दुई माउ बाख्रा ल्याई ।
-बढ्दै गएर १८ वटा पुगे ।
३ एउटा बाछ्छी ल्याई ।
-बाछ्छी माउ बनी र ब्याई ।
३ केही चल्लाहरु ल्याई ।
-चल्ला भालेरपोथी बनेर चल्लाहरु नै कोरले ।
३ मौरीको घार ल्याई ।
-रानी फुटाउदै घारहरु बढाई ।
३ खेतमा धान फलाई ।
३ बारीमा मकै\कोदो उमारी ।
३ करेसामा व्यवसायिक तरकारी खेती गरी ।
३ मुसा मार्न बिरालो पाली ।
३ सुरक्षा लिन कुकुर पाली ।
धेरैले उसको घरलाई कृषि फर्म भन्छन् । कतिले उसको घरलाई चिडियाखाना पनि भन्छन् । उसको काम र जाँगरले बिस्तारै चर्चा बटुल्न थाल्यो । स्थानीय सरकार र पत्रकारहरूले उसको एकअंगालो जाँगर हेर्न र प्रचार÷प्रसार गर्न थाले ।
सबैले उसको एकअंगालो जाँगरको चर्चा चलाइरहे । उसले एकदिन सबैको सामु प्रतिवाद गरी– ‘मैले यी सब काम एकअंगालो लोग्ने नभएर गरेको हूँ र ।’
हालः तारकेश्वर नगरपालिका–७ फुटुङ्ग, काठमाडौ
वि.सं.२०७७ वैशाख २० शनिवार १०:१८ मा प्रकाशित