back
CTIZAN AD

गजल

वि.सं.२०७७ वैशाख २० शनिवार

753 

shares

सधैं हतारो चटारो छ यो जीउने काम पनि
रावणको ब्यहोरा देखाउछ अहिले राम पनि

आफन्त नै टाढा हुन्छन् समस्या दर्शायो भने
परदेश झै लाग्यो आज आफै बस्ने ठाम पनि

हिडेथें भविस्य खोज्न भविस्यवेत्ता नै हरायो
लिलाम गर्दैछु जीवनमा लागेको बदनाम पनि

बेइमान हरुबाट नै ईमानको वकालत हुँदै गर्दा
कतिदिन टिक्ला खै बेइमानी र छलछाम पनि

जति समाउन खोज्यो उति फुत्किन्छ अवसर
कसिने गरि लगाउनुपर्छ समयको लगाम पनि ।

वि.सं.२०७७ वैशाख २० शनिवार १०:२६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...