७ पुष, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीमाथि सर्वोच्च अदालतमै दुव्र्यहार भएको छ ।
पेशीका लागि अदालत पुगेका कार्कीमार्थि आक्रमण तथा कालोमोसो दलिएको थियो । कार्कीलाई आक्रमण गर्ने दुईजना पक्राउ परेका छन् ।
आफू विरुद्ध परेको योग्यताको सम्बन्धी मुद्दाको पेशी बुझ्न सर्वोच्च अदालत पुगेका कार्कीले अख्तियारले भ्रष्टाचार विरुद्धका कार्यक्रम सशक्त, निष्पक्ष र पारदर्शी बनाउन खोज्दा आफूविरुद्ध प्रमुख दलका नेताले महाअभियोग ल्याएको आरोप समेत लगाए ।
उनले अख्तियारलाई हरसम्भव पारदर्शी बनाउने प्रयास गरेको बताउँदै आफ्नो कर्तव्य र निष्ठामा कसैसँग सम्झौता नगरेको पनि बताएका छन् ।
वि.सं.२०७३ पुस ७ बिहीवार ११:०५ मा प्रकाशित