back
CTIZAN AD

होटलका घरधनी साहुलाई पर्यटन व्यवसायीको पत्र

वि.सं.२०७७ जेठ १ बिहीवार

1.7K 

shares

पर्यटन व्यवसायी ज्योती अधिकारीले होटलका घरधनी साहुलाई भावुक पत्र लेखेका छन् । कोभिड- १९ का होटल व्यवसाय बन्द हुन पुगेपछि होटल व्यवसायमा संलग्न व्यवसायीहरु मारमा परेको गुनासो गरेका छन् । घरमालिकहरु व्यवहारिक नबने अब ति भवनहरु उनिहरुलाई नै फिर्ता गरिनुका बिकल्प नरहेको भन्दै उनले होटल साहुलाई भावुक पत्र लेखेका हुन् ।

पत्र लेख्नु पर्नाको कारण भूमिकामा उनले भनेका छन् ‘१२ बर्ष कल्पना नै नगरेको होटेलियर बनियो । Peak days  मा हरेकदिन २०० भन्दा बढि संसारभरबाट आएका middle budget का पर्यटकहरुॅमा स्तरिय सेवा सहित खुस दिनु र लिनु कति चुनैति छन् हाम्रा जस्ता देशहरुमा, बताईरहनु पर्दैन । अति उच्चस्तरिय पानी देखी नं १ ग्रेडको चियार कफि र कुकिजहरु anytime available on no cost, आफ्नै फामको तरकारी देखि बेकरी, प्रशस्त परिकारका breakfast… गर्न सक्नेर मिल्ने सबैचिज भए र गरिए ।

महिनामा २० लाख भन्दाबढि भाडा बुझिरहेका घरमालिकहरु ब्यबहारिक नबने (त्यसको २ गुना बढि अन्य खर्च जस्तो कर्मचारी, lectricity, water, food supply, laundry, security। vehicles, etc.)  हुने गर्दछ । अब ति भवनहरु उनिहरुलाई नै फिर्ता गरिनुका बिकल्पहरु छैनन ।

अहिले हामी उहाहरुसँग नम्र भाषामा ब्यबहारिक लभनयतष्बतष्यल को चरणमा नै छौं ।’

घरधनीलाई उनले लेखेको पत्र यस्तो छ :

घरधनिज्युहरु
होटल होलि हिमालय,
ब्रह्माकुमारी मार्ग,
ज्याठा, ठमेल

बिषय : घरभाडा र घरउपयोगको समायबधि readjustment गर्ने सम्बन्धमा ।

पर्यटनको बर्तमान अबस्था र संकट यहाँहरुलाई बताई रहनु पर्ने छैननै । हाल पनि बिभिन्न भवनहरुको शुरक्षा, सरसफाई र ताजापन नबिगार्न झन्डै १२ जना सम्म कर्मचारीहरु बिभिन्न रुपमा २४ घन्टा खटिरहेको अबस्था छ । बजारबाट उठ्नु पर्ने पैसाहरु उठेका छैनन, तत्काल उठ्नसक्ने अबस्था पनि देखिदैन ।

यस्तो अबस्था हामिले तपाईघरधनि र अन्य सबैको उचित सहयोगबिना होटल संचालन भईरहन संभव देखेका छैनौ । तपाईको तर्फबाट आस र बिस्वास गरेको सहयोग  model निम्न खालको रहेको छ ।

२०१९ बर्षमा नेपाल आयका पर्यटकको संख्यालाई आधार बनाउने र २०२० को पहिलो महिनादेखिनै जुन ratio/दरमा पर्यटकहरु आगमन घटबड हुन्छर रहन्छ त्यहि आधारमा घरभाडा  re-adjustment  गर्ने । नेपाल पर्यटन बोर्डसंग रहने डाटा नै हाम्रा भरपर्दो एउटै आधार हुनेछ।

जस्तो २०१९ मा १२ लाख पर्यटकहरु आगमन भयको र २०२० घटेर ६ लाखको संख्यामा सिमित रहेमा घरभाडापनि ५०%  प्रतिशतमा  re-adjustment  को लागि दुबै पक्ष सहमत रहने ।

त्यस्तै पर्यटकहरु आगमन पुरानो अबस्था (२०१९) बाट माथि नचढेसम्म घरभाडा समय सिमा या अबधि  count नगर्ने । अर्थात पुरानो (२०१९) को अबस्थामा फर्कन २ बर्ष लागेमा सो २ बर्ष घरभाडा संझोता अबधिमा बिना कुनै शर्त स्वतः थप हुनेर गर्ने ।

आशा छ यो सबैभन्दा वैज्ञानिक र मानविय उपाय तपाईहरुलाई स्वकार्य हुनेछ नै । अन्यथा तपाईहरुको भवनमा होटलकालागि उपयुक्त बनाउन हामीबाट भएका लगानिहरुको क्षतिपुर्ति उपलब्ध गराई ( २०२० र January बाट नै ) आफ्ना भवनहरु फिर्तालिन सक्नुहुनेछ। हामि पनि यो ठाउंबाट सदाको लागि होटल ब्यबसायबाट खुसिका साथ बाहिरिने छौं ।

अहिले सम्म तपाईहरुबाट पाएको सहयोग र आत्मियताको लागि धन्यवाद सहित ।

ज्योति अधिकारी
संचालक
होटल होलि हिमालय
May 13, 2020

वि.सं.२०७७ जेठ १ बिहीवार ११:१५ मा प्रकाशित

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...