back
CTIZAN AD

कविताः मार्क्स तिमी आई देऊ एकपटक

वि.सं.२०७७ जेठ ७ बुधवार

1.6K 

shares

तिमीले छरिदिएको प्रकाशपुन्जमा
दुःख कष्ट गरेर अग्रजहरुले
निर्माण गरेको त्यहीं जगले
आजसम्म हामी रहन पाएका छौ,
कैयौंपटक हावाहुरी आयो
अहं त्यो जग हलिएन
झन झन स्पातिलो बन्दै गयो,

,कोटी कोटी मानिसहरु
त्यो प्रकाशपुन्जको स्पर्श गर्दै
लामबन्द बनेर अगाडि बढदै जाँदा
त्यो भीमकाय युद्ध जितेर
अहिले एउटा नयाँ ग्राममा आईपुगेका छन् ,

बिजयको निशानीछाप पनि लागि सकेकोछ
र अर्काे लंडाई लडनलाई
तर यहाँसम्म आईपुग्दा
कति मानिस थाके जस्तो
कतिचांही अब यहीं नै हो अन्तिम यात्रा भनेझैं
ऐस आराम र बिलासिताको जीवन जिउँदैछन,

तिमीले त वर्गको कुरा गरेका थियौं
तर यहाँको भिडमा छुट्याउन गाह्रो भयो
तिमीले बर्गसंघर्षको कुरा गरेका थियौं
तर यहाँ वर्गसमन्वयको व्यबहार भईरहेकोछ
तिमीले श्रमको उचित मुल्यको कुरा गरेका थियौं
तर यहाँ जीवन गुजारा गर्न गाहृो भयो
तिमीले गरिखाने वर्गको नायकत्वको कुरा गरेका थियौँ
तर यहाँ त उनीहरु भोट बैक झै बनेकाछन्
लाग्दछ उनीहरु अब सदैब भोट बैककै रुपमा हुनेछन्
तिमीले सामाजिक न्यायको कुरा गरेका थियौँ
तर यहाँ वर्ग अन्तरको डरलाग्दो खाडल बनेकोछ
तिमीले पूर्ण लोकतन्त्रको कुरा गरेका थियौँ
यहाँ त देखांउने दांत जस्तो भएको छ
तिमीले न्याय समानताको कुरा गरेका थियौ
यहाँ त गुटबाद,नाताबाद र परिबारबाद पो हावी हुदैछ

खोई के हो केहो ?
तिमीले भनेको कुरा र अग्रजहरुले बलिदान गरेको
त्यो प्रेरणा ,सौर्यसाहस र बलिदानको
रक्षा गरेर अगाडि बढनलाई गाहृो भए जस्तो भयो,

त्यसैले, तिमी आईदेऊ एकपटक
यहीँ हो अन्तिम गन्तव्य भनेर
ती मस्ता निदाएकाहरु,
निदाएजस्तो स्वाङ गर्नेहरुलाई
भनी दिनुछ, गन्तव्य अझै टाढा छ भनेर
त्यसैले मार्क्स आईदेऊ एकपटक
अझै तेजीलो प्रकाशपुन्ज लिएर ।।

२० मे, २०२०

वि.सं.२०७७ जेठ ७ बुधवार ०८:१५ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...