back
CTIZAN AD

अश्वेत नागरिक हत्या विरुद्धको प्रदर्शनमा गिरिजाप्रसाद कोइराला फाउण्डेशनको ऐक्यबद्धता

वि.सं.२०७७ जेठ २८ बुधवार

786 

shares

न्युयोर्क । अमेरिकामा भइरहेको जातिय विभेद विरुद्दको शान्तिपूर्ण प्रदर्शनमा गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका शाखाले ऐक्यबद्धता जनाएको छ । मिनियानापोलिस राज्यमा एक प्रहरीको यातनाका कारण अश्वेत नागरिक जर्ज फ्लोइडको हत्या भएको पुष्टि भएपछि अमेरिकाका विभिन्न राज्यका शहरहरुमा प्रदर्शन भइरहेका छन् ।

जुन ९,२०२० मंगलवार बेलुका न्युयोर्क सिटीका काउन्सील मेम्बर फ्रान्सीसको मोयाको आयोजनामा पुलिस ज्यादती बिरुद्व शान्ति र्यालीमा एक्यबद्वता जनाउदैं गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले भाग लिएको हो। फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य सुर्य सिम्खडा यस र्यालीमा सहभागि भएका थिए । यस्तै घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हमो,नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाकी कोषाध्यक्ष छोन्जोम लामाले पनि भाग लिएका थिए।

न्युयोर्कमा सिनेटर जन सि।लियुको आवाहनमा जुन ४, बिहीवार दिउसो प्रदर्शन भएको शान्ति र्यालि मा “हामी सास फेरौं” भन्ने नाराका साथ पुलिसमा सुधारहरु जरुरी छ भन्दै गिरिजा प्रसाद कोइराला फाउण्डेशनले पनि सस्थागत रुपमा नै भाग लिएको थियो भने नेप्लिज अमेरिकन समुदायले आयोजना गरेको न्यायपूर्ण एक्यबध्द्ता र्याली न्युयोर्कको ज्याक्सन हाइट्स, डाइभरसिटी प्लाजामा जुन ७,२०२० आइतवार दिउसो गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका शाखाले एक्यवद्धता जनाउदै सहभागी भएको थियो।

मिनियानापोलिसमा भएको जर्ज फ्लोडको मृत्युबाट अत्यन्तै “दुस्खी” भएको फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले बताए। ‘एक्काईसौं शताब्दीमा पनि अमेरिकामा रंगभेद अन्त्य गर्न नसक्नु दुःखद् हो, जबसम्म हाम्रो सोचमा परिवर्तन आउदैन, समस्याको समाधान निकै गाह्रो छ ।’ फाउण्डेशनका अध्यक्ष घिमिरेले शान्तीको माध्यमद्वारा मात्र स्थायी न्याय पाउन भन्दै कुनै किसिमको अन्याय स्वीकार्य नहुने बताए । उनले भने ‘जहाँ न्याय छैन त्यहाँ कहिल्यै शान्ति नहुने भन्दै भने ‘हाम्रो सोच परिवर्तन गरौ र सबै खाले बिभेदको अन्त्य गरौं, यो सम्भव छ।’

वि.सं.२०७७ जेठ २८ बुधवार ११:५० मा प्रकाशित

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

प्रवासी नेपाली मञ्च (ओएनएफ) कतारको आठौँ अधिवेशनबाट अफसर अली खान...

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिका महादेश कमिटीको अध्यक्षमा यमुना भट्टराई...

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटन, ओन्टारियो । क्यानडाको ब्राम्पटनमा जुलाई २५, २०२६ मा आयोजना...

नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी

नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी

नेपाली जनसम्पर्क समिति, अमेरिकाको आगामी अध्यक्षका लागि मेरिल्याण्ड निवासी गौतम...