back
CTIZAN AD

प्रश्नहरुका खात छोडेर यतिधेरै माइती मोह किन माननियज्यू ?

वि.सं.२०७७ जेठ २८ बुधवार

1K 

shares

संघीय प्रतिनिधिसभा सांसद माननीय सरीता गीरीज्यूले नेपालको सिमाना र कालापानी भूमि बिवादमा देशबासीको मन दुख्ने गरि माईती देशको वकालत् गर्नु भएको खबर आएको छ । यदि यो कुरा सत्य हो भने, जनताको नजरमा असोभनिय लाग्ने आफ्नो गल्ती स्वीकार गर्दै माननियज्यूले माफी माग्नु पर्दछ ।

बस्तुनिस्ट यथार्थ बुझ्नु पनि जरुरी छ भन्ने मेरो अनुरोध हो । भारतले निक्र्यौल गरेको महाकाली नदिको ‘मुहान’ उत्तर लिम्पीयाधुरा भन्दा धेरै तल सानो शाखा नदिको मुहान हो । यसैलाई नै महाकाली नदिको पनि मुहान भनेर मान्दै, भारतले त्यहाँबाट उत्तर पश्चिममा पर्ने कालापानी पनि भारतको हो भनिरहेको छ । तर, महाकाली नदिलाई साँच्चिकै पछ्याउदै जाने हो भने केहि उत्तर पश्चिमहुँदै धेरै बिकट पहाड लिम्पीयाधुरा परिसरसम्म पुगिन्छ र त्यहि मुहान चै यथार्थमा काली नदिको मुहान हो । यो सत्य कुरा बुझी सकेपछि मात्र अव महाकाली नदिको पूर्वतर्फ पर्ने ‘कालापानी भूभाग’ नेपालको हो भन्ने निश्कर्षमा पुगिन्छ ।

यथार्थमा, पहाडी भूगोलको प्राकृतिक बनावटलाई मानविय गतिबिधिहरुबाट धेरै परिबर्तन गर्न सम्भव नभएकोले प्राकृतिक भूबनोट र ऐतिहांसिक प्रमाणहरुलाई नियाल्ने हो भने भारतले कालापानी नेपालकै रहेछ भनेर स्वीकार गर्नुपर्ने अवस्था आउँछ । नेपालको बस्तुगत् परिस्थिति र बाध्यताले सबै जिल्लाका सदरमुकामसम्म पनि सडक, यातायातले जोड्न नसकेको अवस्थामा, सदरमुकाम् दार्चुलाभन्दा भौगोलिक रुपमा धेरै बिकट रहेको कालापानी क्षेत्रसम्म राज्यको सेवा दृष्टि र पहुंच नपुगेको कुरा सत्य हो तर बिकटताको कारणले नेपालले कालापानी त्यागेको कुरा सत्य होईन ।

कालापानी नेपालको हो भन्ने यथार्थ कुरा माननियज्यूको पार्टी समेत, तत्कालिन समाजवादी पार्टी र हाल जनता समाजवादी पार्टीका शिर्षस्थ नेताहरु खास गरि डा.बाबुराम भट्टराई, उपेन्द्र यादवज्यूहरुले सार्बजनिक रुपमै बोलिसकेका छन् । यसकारण, संघिय सांसद हुनुको नाताले, माननियज्यू तपाईले केपी ओली सरकारलाई सोध्नु पथ्र्याे, कि सुगौली सन्धीमा प्रष्ट रुपमा महाकाली नदी नेपालको मात्र हो, (सिमाना नदि होईन) भन्ने उल्लेख गरेको छ । तर, केपी ओलीजी लगायतका नेताहरुले, २०५३ सालमा महाकाली सन्धी गरेर महाकाली नदिलाई, भारत र नेपालको ‘साझा नदि’ किन बनाउनु भयो भनेर सोध्नु पर्दथ्यो, तत्कालिन प्रतिपक्ष एमालेको तर्फबाट ‘अध्ययन टोलीको संयोजक जस्तो महत्वपूर्ण पदमा हुंँदा केपी ओलीज्यूले त्यो सन्धीले महाकालीलाई ‘साझा नदि’ भनी सकेपछि, नदिको उत्तर मुहान कहाँसम्म हो निक्र्यौल गर्नुपथ्र्यो कि पर्दैनथ्यो भनेर सोध्नु पर्दथ्यो । महाकाली सन्धीले नदि र नदि परिसर भूमि मात्र साझा भएन, सम्पूर्ण पानी भारतले मात्र पाउने र नेपालले ‘टाईटाई फिस’ मात्र पाउने गरि ‘महाकाली सन्धी’ किन र के फाईदा लिएर, माननियज्यूले कस्को निम्ति, ‘देश घाती महाकाली सन्धी’ गर्नु भयो भनेर सोध्नु पर्ने थियो ।

‘केपी ओलीजी, तपाईले त्यसबेला, २०५३ सालमा, सगर्व ‘नेपाललाई भारतबाट बार्षिक १ खर्ब २१ अर्ब रकम आउने’ घोषणा गर्नु भएको, किन आजको मितिसम्म आएन भनेर प्रश्न्न सोध्नु पथ्र्यो । यी तमाम प्रश्नहरुका खात छोडेर किन यति बिघ्न माइती मोह देखाउनु भयो माननियज्यू ? जसका कारण आम नेपालीका बिचमा तपाईको यतिधेरै आलोचना भयो !

माननियज्यू, केपी ओलीको नक्सा प्रकरण भनेको ‘सत्ता टिकाउने र ध्यान अन्यत्र मोड्ने’ खेल मात्र हो, भूमि फिर्ता ल्याउने होईन, भन्ने कुरा तपाई जत्तिको नेताले बुझ्नु भएको छ जस्तो लाग्छ । अहिलेको अवस्थामा, नेपाल र भारत दुवै देश कालापानीलाई ‘बिवादित भूमि’ भन्दै द्विविधा र अन्यौलमा रहेको परिस्थिति हो । भारतले कालापानीमा भएको आफ्नो ‘सैनिक क्याम्प’ छोडि हाल्न नसक्ने र नेपालले पनि ‘कालापानी’ फिर्ता ल्याई हाल्न नसक्ने यथार्थ अबस्था हो भन्ने हामी सबैलाई थाहा छ ।
अब, नक्सा सम्बन्धि संबिधान संशोधनको पक्षमा गएर ‘नक्कली राष्ट्रियता’ देखाउने होडवाजीमा कांग्रेस पनि लाग्ने पार्टीगत् निर्णय आएपछि, तपाईको बिरोधको कुनै अर्थ देखिदैन । यसबाट तपाईको माईती ‘भारत’ पनि खुसी हुनुपर्ने कुनै उपलब्धी देखिदैन । बरु, बढि क्षति तपाई आफैलाई हुन सक्दछ ।

माननियज्यू, भारतले ‘मिचिएको छैन’ भन्ने तर्क र नेपालले ‘मिचिएको छ’ भन्ने तर्कको ब्यावहारिक समाधान र उपचार भनेको तथ्य र प्रमाणहरु अगाडि राखेर सौहार्दपूर्ण आपसी बार्ता नै हो । यदि त्यसमा सहमति हुँदैन भारतको ठूल्दाइपनको व्यवहार हुने हो भने दोश्रो बिकल्पका रुपमा युद्ध नै हो । । यसमा माननियज्यूले केपी ओली सरकार कुन बिकल्प तर्फ जादैछ, भनेर प्रश्न सोध्न सक्नुहुन्थ्यो । बार्ता वा लडाई दुबै बिकल्पमा ‘राष्ट्रिय सहमति’ आबश्यक छ । त्यसको तयारीमा किन नलाग्ने भनेर प्रश्न सोध्न सकिन्थ्यो । तर, बिडम्वना, माननियज्यू तपाईको भाषणमा नेपाली भावना प्रतिबिम्बित भएन । बरु भारतको पक्षमा वकालत गर्नुभयो, यो दुःखद पक्ष हो । माननियज्यूले आफ्नो गल्ती स्वीकार गरेर माफी माग्नु पर्दछ भन्ने मेरो अनुरोध हो । आगे तपाईको बिचार । जय मातुभूमि ।

 डा.  राई जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य हुन्

‘अब अन्तिम जनआन्दोलन निकट आईरहेछ’

वि.सं.२०७७ जेठ २८ बुधवार १२:१५ मा प्रकाशित

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...