back
CTIZAN AD

कहिले खुल्छ सेयर बजार ?

वि.सं.२०७७ असार ९ मंगलवार

2K 

shares

९ असार, काठमाडौं । गत चैत्र ११ गतेबाट लकडाउनका कारण बन्द भएको सेयर बजार कहिले खुल्छ भनेर लगानीकर्ताहरु बिच अन्यौलता छाएको छ । केहि दिन पहिले नियमनकारी निकाय धितोपत्र बोर्डको २८ औं बार्षिक उत्सव कार्यक्रममा अर्थमन्त्री डा.यूबराज खतिवडाले बजार चाँडै खोल्नु पर्ने बताएका थिए । त्यस्तै गत असार १ गतेबाट सरकारले लकडाउनलाई केहि खुकुलो बनाउँदै जनजीवन सामान्य बनाउने निर्णय पनि गरेको थियो । तर नेपाल स्टक एक्सचेन्जले भने शनिबर एक सूचना प्रकाशित गर्दै सेयर बजार अनिस्चितकालसम्मका लागि बन्द रहने जानकारी गराएको छ । बिचका २ दिन घटाउने हो भने बजार बन्द भएको ९१ दिन भएको छ ।

हुन त धितो पत्र बोर्डले लकडाउनकै बिच पनि २ घण्टा बजार खोल्न दिने निर्णय गरेको थियो । तर बजार खुलेको दोस्रो दिन पुन बजार बन्द भयो । बजार किन खुल्यो र फेरी किन बन्द भयो यसको चित्त बुझ्दो जवाफ कतैबाट पनि पाउन नसकिएको सरोकार वालाको गुनासो छ । जानकारहरुका अनुसार धितोपत्र बजारमा अर्बौं लगानी भएको छ । विशेषगरि धितोपत्रको दोस्रो बजार चलायमान नहुँदा लगानीकर्ताहरु निराश भएका मात्र छैनन् संकटको बेला आफूसंग भएको धितोपत्र बेचेर गुजारा गर्ने कुरा पनि रोकिएको छ । यसले आगामी दिनमा कम्पनीहरुले पूँजी बृद्धिका लागि निस्कासन गर्ने प्राथमिक सेयरमा पनि असर पर्ने उनीहरुको भानई छ ।

कारोना भाईरसको माहामारीका बिच पनि बिश्वको सेयर कारोबार रोकिएको छैन । संसारका अधिकांस देशको सेयर कारोबार अनलाईन मार्फत हुने गरेका कारण पनि बन्द नभएको हो । तर नेपालको सेयर कारोबार अनलाईन मार्फत नहुदा समस्या भएको बिज्ञहरुको तर्क छ । नियमनकारी निकाय धितोपत्र बोर्डले तदारुकता नदेखाउँदा नेपालको सेयर बजार संकट तर्फ धकेलीएको छ ।

 

वि.सं.२०७७ असार ९ मंगलवार १४:२४ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...