back
CTIZAN AD

विभाजनको संघारमा पुगेको नेकपा र पृष्ठभूमिमा देखिएका घिनलाग्दा खेल

वि.सं.२०७७ असार २१ आइतवार

810 

shares

निषेधको बाटोमा सत्तारुढ नेकपा

धेरैलाई लागेको थियो सत्तारुढ नेकपाको जारी स्थायी समितिको बैठकमा मुख्यतः एमसीसीको विषयमा बहस हुनेछ र त्यसले एउटा तस्बीर दिनेछ । तर रमाइलो कुरा बहस अन्यत्रै मोडियो । बहस एजेण्डामा प्रवेश नै गरेन र बहस केन्द्रित भयो – प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपि ओलीले राजीनामा दिनुपर्ने ।

प्रधानमन्त्री केपि ओलीले प्रश्न गरेका छन् –‘म महाधिवेशनबाट निर्वाचित अध्यक्ष हुँ किन राजीनामा दिने ? म जनताबाट र संसदबाट दुई तिहाईको समर्थनसहित निर्वाचित प्रधानमन्त्री हुँ, भन्दैमा किन राजीनामा दिने ?’ आखिर प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा माग्ने हिम्मत विरोधीहरुलाई कहाँबाट आयो त ? यो के निषेधको राजनीति हैन त ? यो के विभाजनको नारा हैन त ? हुन पनि अघिल्लो बैठकसम्म विरोधीहरुले उठाएको नारा थियो –‘एक व्यक्ति एक कार्यकारी पद ।’ त्यहाँसम्म स्थिति मित्रतापूर्णं र सन्तुलीत नै थियो ।

उता प्रचण्ड र नेपाल समुहको तर्क छ, ‘ओलीले पार्टीको भावनालाई कहिल्यै प्रतिनिधित्व गरेनन्, उनी हिटलर र जंगबहादुरको पथमा हिंडे । उनले पार्टीलाई आफ्नै पुस्तेनी जस्तो बनाए ।’ त्यति मात्र हैन उनीहरुको आरोप छ–‘ओलीले गुट र आफ्नामा मात्र लिएर हिंडे, बाँकी अरुलाई पुरै निषेध र अपमानित गरे ।’

अन्तरविरोधको कारण स्पष्ट छ, केपि ओलीको दोस्रो मृगौला प्रत्यारोपणपूर्व यो विवाद भएको थिएन । र भारतसँगको सीमा विवादमा नक्सा प्रकरणसम्म पनि विवाद यो तहसम्म पुगेको थिएन । पुष्पकमल दाहाल, माधव नेपाल र वामदेव गौतम प्रधानमन्त्री बन्न चाहन्छन् तर झलनाथ खनाल राष्ट्रपति बन्न चाहन्छन् । यो सम्भावना केपि ओली बाँचुन्जेल पुरा नहुने निश्चित भयो ।


जवाफमा ओलीले दाहाललाई भनेका छन् –‘बुहारीसहित भागवण्डामा मन्त्री बनाई दिएकै छु, पार्टी अध्यक्ष बनाएकै हो । प्रधानमन्त्रीले स्वविवेकीय अधिकार प्रयोग गर्ने कुरामा पनि अनावश्यक हस्तक्षेप गरीरहने ?’

अन्तरविरोधको कारण स्पष्ट छ, केपि ओलीको दोस्रो मृगौला प्रत्यारोपणपूर्व यो विवाद भएको थिएन । र भारतसँगको सीमा विवादमा नक्सा प्रकरणसम्म पनि विवाद यो तहसम्म पुगेको थिएन । पुष्पकमल दाहाल, माधव नेपाल र वामदेव गौतम प्रधानमन्त्री बन्न चाहन्छन् तर झलनाथ खनाल राष्ट्रपति बन्न चाहन्छन् । यो सम्भावना केपि ओली बाँचुन्जेल पुरा नहुने निश्चित भयो ।

उता उनको दोश्रो मृगौला प्रत्यारोपण सफल भयो र झनै मनोबल उच्च पो भयो । अहिले आएर परिस्थिति निषेधको राजनीतिमा गयो । थाहा छैन कहिले कसले कसलाई कार्वाही गर्ने हो । थाहा छैन कहिले संकटकाल वा संसद विघटन र मध्यावधी निर्वाचनको घोषणा गर्ने हो ?

शक्तिकेन्द्रहरुको लडाईं सतहमै आयो

हामीलाई थाहा छ, सरकारी नेकपाभित्र शक्तिकेन्द्रहरुका दलालहरु वा प्रतिनिधिहरु छन् र उनीहरुमार्फत शक्तिकेन्द्रहरुको लडाईं र खिचातानी जारी छ । मुख्यगरी अमेरिका, भारत, चीन र युरोपियन युनियनको स्वार्थ टकराईरहेका छन् । केपी ओलीलाई के विश्वास छ भने अमेरिका, युरोपियन युनियन र चीनले उनलाई समर्थन गर्नेछन् ।

उता प्रचण्ड र नेपालको के विश्वास छ भने मुख्यत भारत र त्यसपछि सबै शक्तिकेन्द्रले उनीहरुलाई सघाउने छन् । तर वास्तवीकता, चीन बाहेक अरु सबै शक्तिकेन्द्रहरु अमेरिका, भारत र युरोपियन युनियन सरकारी नेकपालाई फुटाउन चाहन्छन् र नेपालमा फेरि अस्थिरता सिर्जना गर्न चाहन्छन् ।


उता प्रचण्ड र नेपालको के विश्वास छ भने मुख्यत भारत र त्यसपछि सबै शक्तिकेन्द्रले उनीहरुलाई सघाउने छन् । तर वास्तवीकता, चीन बाहेक अरु सबै शक्तिकेन्द्रहरु अमेरिका, भारत र युरोपियन युनियन सरकारी नेकपालाई फुटाउन चाहन्छन् र नेपालमा फेरि अस्थिरता सिर्जना गर्न चाहन्छन् ।

दोश्रो ट्रडमार्क मै भएपनि कम्युनिष्ट नामको शक्तिलाई ध्वस्त बनाउन चाहन्छन् । नेपालमा चीनविरुद्वको घेराबन्दीका लागि पनि यो मिसन अनिवार्य ठानेका छन् । चीन नेपालमा राजनीतिक स्थिरता होस् भन्ने चाहन्छ, त्यसकारण सरकारी नेकपा वा अन्य दलहरु फुट्नु हुँदैन भन्ने चाहन्छन् । चीनले नेपालको राजनीतिक स्थिरतामा भविष्य देख्छ भने अन्य शक्ति केन्द्रहरु नेपालको राजनीतिक अस्थिरतामा भविष्य देख्छन् ।

संसदीय राजनीतिक दृष्टिबाट पार्टी अध्यक्षमाथिको कार्वाही

प्रधानमन्त्रीबाट राजीनामा दिन लगाउने दवावकारी काम यसभन्दा अगाडि पनि भएका थिए । तर महाधिवेशनको नजिक पुगेको समयमा वहालवाला पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट अपदस्त गर्ने घटना अहिलेसम्म भएको थिएन । यो संस्कृतिको विकास भयो भने नेपालमा पार्टी र नेताहरु कमजोर हुनेछन् ।

प्रधानमन्त्रीबाट राजीनामा दिन लगाउने दवावकारी काम यसभन्दा अगाडि पनि भएका थिए । तर महाधिवेशनको नजिक पुगेको समयमा वहालवाला पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट अपदस्त गर्ने घटना अहिलेसम्म भएको थिएन । यो संस्कृतिको विकास भयो भने नेपालमा पार्टी र नेताहरु कमजोर हुनेछन् ।


के बहुमत सदस्यले राजीनामा मागे शेरबहादुर देउवाले दिन्छन् ? महन्त ठाकुर वा उपेन्द्र यादवहरुले दिन्छन् ? त्यसकारण संसदीय पार्टीहरु चरम राजनीतिक र नैतिक संकटमा फस्दैछन् । उनीहरु भित्रको कथित आन्तरिक लोकतन्त्र, प्रतिष्पर्धा र राजनीतिक मुल्यको धज्जी उडेको छ ।

पार्टी अध्यक्षले पार्टीका बहुमत सदस्यको पनि प्रतिनिधित्व गर्न नसक्ने अनि महाधिवेशनलाई नपर्खी बहुमतबाट अध्यक्षलाई हटाउन खोज्ने दुवै प्रवृत्ति अराजनीतिक स्वेच्छाचारी र अराजक छन् । यो राजनीतिक संस्कारले अन्य दलहरुलाई पनि प्रभावित गर्न सक्नेछ र नेपाली राजनीतिकै एउटा घिन लाग्दो राजनीतिक संस्कार हुन सक्नेछ ।

ओली इतर समुहको एकताको आधार

ओली इतर समुह भन्नासाथ पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमको मोर्चाबन्दी भन्ने छ । ओलीइतर समुह ओलीलाई ढालेर ग्राउण्ड खाली गर्ने कुरामा एक छन् । तर ओलीलाई ढालेपछिको नेता को बन्ने भन्नेमा सहजै सहमती हुने देखिदैंन । उक्त समुहमा मुख्यत तीनजना प्रधानमन्त्रीका आकांक्षी छन् – प्रचण्ड, नेपाल र गौतम । उता झलनाथ खनाल राष्ट्रपति बन्न खोज्दैछन् । तर उनीहरुबीच को प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने भन्नेमा सहमती छैन । त्यहाँ पनि कुनै विचार र राजनीतिक कार्यदिशामा बहस छैन । नत राष्ट्रियताका विषयमा कुनै बहस छ । सारमा यो संसदीय व्यवस्थाभित्रकै फोहोरी लडाईं हो ।

विदेशी हस्तक्षेपलाई सजिलो भएको छ

दुई तिहाई बहुमत ल्याएको भनिएको सत्तारुढ नेकपाको विवादले फेरि पनि विदेशीहरुलाई खेल्न सजिलो भएको छ । हिजोसम्म सरकारी पार्टीको विभाजनसम्म कसैले कल्पना गरेको थिएन तर आज त्यो अपरीहार्य र अवश्यंभावी जस्तै छ । राष्ट्रियताको हिसाबले निकै संवेदनशील घडीमा फेरि अस्थिरताको बादल मडारीएको छ । अब कसरी ओली र दाहाल सँगै बस्न सक्लान् ? अब कसरी मन्त्रीहरु क्याबिनेटको बैठकमा जान सक्लान् ? पुष्पकमल दाहाले कसरी पूर्वमाओवादीको समर्थन बचाई रहन सक्लान् ? नेकपाभित्र प्रश्न छ ।

पूर्वमाओवादी एक छन् र पूर्वएमाले विभाजित छन्

शायद पूर्वएमाले कार्यकर्ताहरुको चाहना छ कि प्रचण्ड कुनै पनि हालतमा शक्तिमा नआउन । तर पूर्वएमाले नेताहरु विभाजित छन् र जसको फाइदा पुष्पकमल दाहालले लिएका छन् । पूवमाओवादीको अधिकांश मत दाहालसँग सुरक्षित र एकिकृत छ भने त्यसले केपि ओलीको विकल्पमा उनलाई बलियो बनाउने छ । माधव नेपाल फेरि पनि दोश्रो तहकै नेता हुनेछन् । दाहाल शक्तिमा पुगे भने उनले विदेशीहरुसँगको आत्मसमर्पणमा कहिले कसलाई र कहिले कसलाई बिरालोले मुसा खेलाए झैं खेलाएर शक्ति हातमा लिईरहने छन् । त्यसका विरुद्ध पूर्वएमालेहरु एक हुनुपर्छ भन्ने दबाब पनि बलियो छ ।

विभाजन रोक्न मध्यमार्गी धारको विकास

पार्टी विभाजनको पीडाले त्यहाँभित्रका मध्यमार्गी धारलाई छटपटाहट भएको छ । मध्यमार्गी धारको नेतृत्व घनश्याम भुसालले गरीरहेका छन् । यसभन्दा अगाडि पनि मध्यराती २ बजे घनश्याम भुसालको ट्वीट गरेको समाचार चर्चामा आएको थियो । फुटको चिन्ताले देशैभरका कार्यकर्तालाई निराश र चिन्तित बनाएको छ ।

संसदवाद भनेकै नेतृत्व र दलहरुको सिन्डीकेट व्यवस्था

संसदीय चुनावमा केवल पुरानै शक्तिहरु र नेताहरुका बीच प्रतिष्पर्धा हुन्छ । नयाँ विचार र नयाँ नेतृत्वलाई त्यहाँ प्रवेश गर्ने गुञ्जायस नै रहँदैन । आम सरकारी पार्टीभित्र विधि र पद्धतिको कुरा उठेको छ । तर त्यहाँ दुई अध्यक्षलाई नै राजा महाराजाको प्रतिकका रुपमा प्रतिपादित गरिएको छ । दुईवटा अध्यक्षको कुरा मिल्दासम्म सबै ठीक हुने अवस्था छ ।

अहिलेको अवस्था आउनुमा दुई अध्यक्षबीचको स्वार्थ वा महत्वाकांक्षामा आएको टकराव नै हो । अर्का अध्यक्ष प्रचण्डलाई जब माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले समर्थन गरे तब पार्टीभित्र ओली अल्पमतमा परेका छन् । तर त्यहाँ अवसरवादीहरुको झुण्ड छ र त्यो यताउता गरीरहन्छ ।


अहिलेको अवस्था आउनुमा दुई अध्यक्षबीचको स्वार्थ वा महत्वाकांक्षामा आएको टकराव नै हो । अर्का अध्यक्ष प्रचण्डलाई जब माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले समर्थन गरे तब पार्टीभित्र ओली अल्पमतमा परेका छन् । तर त्यहाँ अवसरवादीहरुको झुण्ड छ र त्यो यताउता गरीरहन्छ ।

जस्तो कि केही समय पहिलै दाहाल र नेपाल तीर पल्लाभारी हुने अवस्था थियो र ओली एक्लीएका थिए । फेरि विस्तारै प्रधानमन्त्री ओलीले संसद विघटन, मध्यावधी निर्वाचन र संकटकालसम्म जान सक्ने देखेपछि फेरि विस्तारै ओली बलियो बन्न सक्छन् । संसदीय पार्टीमा र सरकारमा कहिँ पनि र कहिल्यै पनि विधि र पद्धतिको विकास भएको छैन । सबै सामन्त र महासामन्त बन्ने होडबाजीमा छन् ।

फासीवादको विकास

सत्तारुढ नेकपाको बाटो फासीवादतर्फ उन्मुख छ । विरोधीहरुमाथि षडयन्त्र गर्ने, निषेध गर्ने र प्रतिबन्ध लगाउनेसम्म पछि नपर्ने उसको प्रवृत्ति छ । आलोचक र विरोधीहरुलाई सिध्याउने रणनीतिमा ओली वा दाहाल दुवै छन् । त्यसकारण उनीहरुको वहस कुनै राष्ट्रिय अन्तराष्ट्रिय एजेण्डामा छैन । उनीहरुको वहसमा राष्ट्रियता छैन । त्यसकारण यो केवल कुर्चीको लडाईं हो । त्यसकारण दुवैपक्षमा अहंकार छ । नेपाली राजनीतिमा अब सत्तारुढ नेकपाले चार प्रश्नको जवाफ दिन कठिन हुनेछ :

क) निर्वाचित पार्टी अध्यक्षलाई केन्द्रीय समितिको बहुमतले हटाउन सक्छ वा सक्दैन ? : बहुमतको कुरा गर्ने दाहाल–नेपाल गठबन्धनलाई ओलीले भनेका छन– ‘म महाधिवेशनबाट निर्वाचित अध्यक्ष हुँ र मलाई हटाउन महाधिवेशन कुर्नुहोस् ।’ उनले भनेका छन्, ‘यो कार्यकाल पछि म अध्यक्षमा लड्दीन ।’

ख) संसदबाट बहुमत प्राप्त प्रधानमन्त्रीलाई पार्टीले हटाउन मिल्ने कि नमिल्ने ? : प्रधानमन्त्री केपि ओलीले विरोधी मोर्चालाई भनेका छन् –‘म संसदबाट निर्वाचित प्रधानमन्त्री हुँ, हिम्मत छ भने संसदीय दलमा बहुमत देखाएर आउ ।’

ग) पार्टीले सरकार चलाउने कि सरकारले पार्टी चलाउने ? : आज ओली इतरपक्षले पार्टीले सरकार चलाउन पर्ने माग राखेका छन् । ओली पक्षको तर्क छ – पार्टी र सरकार आ–आफ्नो क्षेत्रमा स्वतन्त्र हुन्छन् र पार्टीको नीति अनुसार सरकार चल्ने हो तर पार्टी भनेको कुनै गुट हैन ।

घ) पार्टीको बहुमतको निर्देशनलाई पार्टी अध्यक्षले मान्न पर्ने कि नपर्ने ? : ओली इतर समुहले भनेका छन्, ‘एक पटक पार्टीको बहुमतको निर्णयलाई ओलीले अवज्ञा गरेका छन् ।’

विभाजन वा सम्झौताको दोसाँधमा सत्तारुढ नेकपा

आजसम्मको घटनाक्रम हेर्दा सत्तारुढ नेकपामा विभाजनको विकल्प छैन । तर पार्टी कसले कब्जा गर्ने भन्ने प्रश्नमा उनीहरु रुमल्लीएका छन् । जब बहुमतको निर्णय ओलीले अस्वीकार गरे तब उनीहरु ठुलो संकटमा फसीसकेका छन् ।

ओलीसँग प्रधानमन्त्रीको हैसियतमा संसद विघटन गर्ने, संकटकाल लगाउने र मध्यावधी निर्वाचन गराउने विशेषाधिकार छ । शायद शनिबारसम्म विवाद नमिलेमा वा सहमतीको संकेत नदेखिएमा कार्वाहीको फायर खुल्न सक्छ ।

ओलीको प्रचण्डप्रति लक्षित गर्दै भनेका छन् –‘अब गुरील्लाहरुसँग सँगै बस्न सकिँदैन । प्रतिपक्षी भन्दा पनि धेरै गुणा आक्रामक पार्टी भित्रै भएपछि सँगै बस्नुको अर्थ हुँदैन ।’ यदि कार्वाहीको फायर खुल्यो भने पार्टी विभाजित हुनेछ । शायद प्रचण्ड–नेपाल समुहले ओलीलाई र ओलीले उनीहरुलाई कार्वाही गर्न सक्छन् ।


ओलीको प्रचण्डप्रति लक्षित गर्दै भनेका छन् –‘अब गुरील्लाहरुसँग सँगै बस्न सकिँदैन । प्रतिपक्षी भन्दा पनि धेरै गुणा आक्रामक पार्टी भित्रै भएपछि सँगै बस्नुको अर्थ हुँदैन ।’ यदि कार्वाहीको फायर खुल्यो भने पार्टी विभाजित हुनेछ । शायद प्रचण्ड–नेपाल समुहले ओलीलाई र ओलीले उनीहरुलाई कार्वाही गर्न सक्छन् ।

अधिकांश नेता कार्यकर्ताहरु पार्टीको आधिकारीक नाम र चुनाव चिन्हका पछि लाग्ने हुनाले त्यो कब्जाका लागि दुवै पक्ष षडयन्त्र गरीरहेका छन् । चौटिएर जान न ओली तयार हुनेछन् न त दाहाल–नेपाल । यस्तो अवस्थामा फेरि पनि उनीहरुसँग मिल्नु वा नयाँ भागवण्डाको सहमती गर्नु बाहेकको विकल्प देखिँदैन् ।

वि.सं.२०७७ असार २१ आइतवार १४:२७ मा प्रकाशित

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...