back
CTIZAN AD

बलात्कृत महिलाहरुलाई न्याय दिलाउने अभियानमा रेज

वि.सं.२०७७ असार २३ मंगलवार

1.4K 

shares

पाकिस्ताको शरणार्थी शिविरमा जन्मिएर ७ वर्षको उमेरमा न्यूजील्यान्ड पुगेकी रेज गार्डीले वार्षिक दुई लाख डलर तलबको जागिर प्रस्ताव नस्वीकारी जिहादी समूह इस्लामिक स्टेट आईएसले अपहरण, बेचबिखन र बलात्कार गरेका महिलाहरूको न्यायको लडाइँमा सहभागी भएर कानुनको बिद्यार्थीको हैसियतमा सकारात्मक परिवर्तन ल्याउने निर्णय गरिन । गत वर्ष मात्रै हार्भार्ड कानुन विद्यालयबाट स्नाकोत्तर पढाइ पूरा गरेकी उन्ले न्यूजील्यान्ड सरकार, राष्ट्र संघ लगायत अन्य अन्तराष्ट्रिय सम्मान प्राप्त गरेकी छिन् ।

न्यूजील्यान्डको मानव अधिकार आयोगमा कानुन अधिकृतको रुपमा कार्यरत रेजले सन् २०१४ मा उत्तरी इराकमा कुख्यात अपराध भएका स्थान नजिकै महिलाहरूको बयान सङ्कलन गरिरहेकी बेला त्यस क्षेत्रमा आईएसको उदय भयो । आईएसले याजिदिज भनिने पाँच लाख जनसङ्ख्या भएको पुरातन समूदायलाई लक्षित गरेको र उनीहरुको आक्रमणमा १० हजार याजिदिजहरू समातिएका वा मारिएका कुरा प्रकाशमा आएको छ । नियन्त्रणमा लिइएका महिला र किशोरीहरूका लागि नारकिय जीवन भोगिरहेको कथा सुनेर असह्य पीडा हुन्थ्यो उन्लाई । ती अपराधहरूलाई कुनै व्यक्तिसँग जोड्नु र त्यसको प्रमाण पेश गर्नु गार्‍हो काम हो । रेजले सञ्चारमाध्यम र मानव अधिकार समूहहरूले नभेटेका महिलाहरू खोजिरहेकी छिन ।

उनी यस विषयमा धेरै अनुसन्धान हुने र त्यसबाट आईएसका लडाकुहरूलाई अपराधको आरोप लगाउन सकिने मान्छिन् । ‘यो गोप्य र धेरै संवेदनशील छ। म बोल्न सक्ने महिलाबाट मात्रै बयान टिप्छु । अझै पनि कतिपय महिला यो विषयमा बोल्न नसक्ने अवस्थामा छन्’  उनी भन्छिन । उनले भ्रमणका क्रममा पत्ता लगाएकी छिन कि आईएसका लडाकु मात्रै नभएर मोसुल क्षेत्रमा धनी र शक्तिशाली अरबीहरू पनि यस्मा संलग्न छन ।

२१ वर्षकी हुँदा नादिया मुरादलाई सन् २०१४ मा लडाकूले नियन्त्रणमा लिएर यातना दिएकी र बलात्कृतमध्ये एक हुन् जस्को  “Efforts to end the use of sexual violence as a weapon of war and armed conflict.”  का लागि गरिएको अथक अभियानका लागि सन् २०१८ मा उनले नोबेल शान्ति पुरस्कार जितिन् तर अन्य धेरै याजिदिज झैँ न्याय पाउन सकिनन् । ‘केही आरोपितहरू इराकमा, केही सिरियामा र केही युरोपमा समातिएका छन् । केही घटनामा अदालतमा जान मिल्ने गरी प्रमाण छन्’ – रेज भन्छिन् ।

याजिदी महिलाहरूले न्याय पाउनेमा रेज आशावादी छिन् । २९ बर्षिया रेजलाई उनको अभियानमा सफलता मिलोस ।

वि.सं.२०७७ असार २३ मंगलवार १२:३९ मा प्रकाशित

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...