back
CTIZAN AD

सम्झायो हृदयीकला समयले सम्झन्छु जीवन्त त्यो

वि.सं.२०७७ असार २९ सोमवार

765 

shares

नेपाली प्रतिभा सुधा सगरका, नक्षत्रको छत्रमा
बाँचेका कखरा कला अमरता छन् गाउँका माझमा ।
भाषाका भरिला भनाइ भवमा भातृत्वको रूप हो
सम्झायो हृदयीकला समयले सम्झन्छु जीवन्त त्यो ।।१।

टिष्टा पूर्व थियो र पश्चिम सिमाना काङ्गडा टुङ्गियो
अङ्रेजी रणको प्रभाव गतिलो छायो र यो खुम्चियो ।
नौलो दुःख खपेर सन्धि गरियो मेची र काली भयो
सम्झायो हृदयीकला समयले सम्झन्छु जीवन्त त्यो ।।२

यस्ता मास उनी उठे कवि भई यो लोक ब्युँझाउँन
आफ्ना कर्महरू शसक्त जनको त्यो भक्तिमा लाउँन ।
मान्छे ईषविहीन जीउन कतै सक्दैन यो सत्य हो
सम्झायो हृदयीकला समयले सम्झन्छु जीवन्त त्यो ।।३।।

भाषाप्रेम र जातिप्रेम उनका संस्कार संसारथ्यो
ज्योत्स्ना हुन् रविको र भानु भनिए केन्द्रीय धे रामको ।
पृथ्वीको रणहार रन्किन गयो कालो कहानी भयो
सम्झायो हृदयीकला समयले सम्झन्छु जीवन्त त्यो ।।४।।

छाडे भक्तिरसानुभूति सबको त्यो देहको प्राणमा
धर्मात्मा नभए रहन्न अवनी चौजातछत्तीसमा ।
भन्ने भाव थियो विराट उनको सम्पूर्ण ती काब्यको
सम्झायो हृदयीकला समयले सम्झन्छु जीवन्त त्यो ।।५।।

थुप्रै छन् अनुवादका कृतिहरू केही छ आफ्नो पनि
काब्यात्मा रसरागपूर्ण सजिलो भेटिन्छ पढ्दा पनि ।
उल्था काब्य ठुला र मौलिकपना रामायणैमा थियो
सम्झायो हृदयीकला समयले सम्झन्छु जीवन्त त्यो ।।६।।

आफ्नै थ्यो कविता दशौँ हरफको त्यो कुण्डली हेर्दथे
लेखेको रचना कुनै समयमा श्रीकृष्ण नै सुन्दथे ।
घाँसीको दिलबाट दीक्षित थिए लेख्ने कला हुर्कियो
सम्झायो हृदयीकला समयले सम्झन्छु जीवन्त त्यो ।।७।।

विन्तीपत्र चढाउँने लहडमा साथी तथा न्यायमा
त्यो कान्तीपुर, पोखरा पनि गयौ बोकेर आशा नयाँ ।
मामाको घर झैँ विचित्र ममता त्यो जेलव्यङ्ग थियो
सम्झायो हृदयीकला समयले सम्झन्छु जीवन्त त्यो ।।८।।

बालाजी जव देख्दछन् नयनले लेख्छन् यही स्वर्ग हो
पग्लेथ्यो अनि भावना तरल भै श्रृङ्गार सौन्दर्य त्यो ।
जे देखे पनि लेख्दथे कलमले रफ्तार त्यो आँशु भो
सम्झायो हृदयीकला समयले सम्झन्छु जीवन्त त्यो ।।९।।

सम्झौँ के जव सम्झने मनहरू सारा अपूरा हुँदा
विर्सौँ के अब विर्सने मनहरू तिम्रा नजीकै हुँदा ।
मेरा यी ममता सधैँ रहिरहोस् भाषा र संस्कारको
सम्झायो हृदयीकला समयले सम्झन्छु जीवन्त त्यो ।।१०।।

(समस्यापूर्ति शीर्षक)
छन्दः शार्दूलविक्रीडित

 

वि.सं.२०७७ असार २९ सोमवार १२:०८ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...