back
CTIZAN AD

कोरोना कहरकाबीच फिप्नाद्धारा न्युयोर्कमा २४ बढी संघसंस्थालाई राहत वितरण

वि.सं.२०७७ साउन ५ सोमवार

681 

shares

५ साउन, अमेरिका । आदिवासी जनजाति महासंघ अमेरिकाले कोरोनाको महामारीका बीच पनि नेपाली समुदायप्रति आफ्नो सेवा तथा दायित्व निभाउँदै अमेरिकामा रहेका २४ बढी संघ संस्थालाई राहत वितरण गरेको छ ।

विगत ७ महिनादेखि संसारभरीनै महामारीको रूपमा फैलिएको कोरोना भाईरस कोभिड-१९ संक्रमणले आम जनजीवन अस्तव्यस्त बनाईरहेको अवस्थामा महासंघले यसको परवाह नगरी निरन्तर अमेरिकाका विभिन्न सहरमा स्वास्थ्य तथा खाद्य सामग्री वितरण गरेको हो ।

‘नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) द्वारा आफ्नो कर्तव्य सम्झी यो महामारीमा थोरै भए पनि आफ्नो नेपाली समुदायलाई मानविय सेवाको भावले सहयोग गर्न फ्रन्ट लाईनमा बसेर विभिन्न स्वास्थ्य सामाग्रीहरू वितरण गरीएको छ ।’ महासंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘फिप्नाद्वारा सुरूवातमा विभिन्न सचेतनामूलक सन्देशहरू प्रवाह गरीएको छ । नेपाली राजदूतावास वासिङटन डिसी, नेपाली महावाणिज्य दुतावास न्यूयोर्क अमेरीका, न्यूयोर्क सिटीका मेयरको कार्यलय तथा नेपाली अमेरीकन समुदायमा क्रियाशील विभिन्न सामाजिक, राजनीतिक संघ संस्थाहरू तथा व्यक्तीहरूसंग विशेष छलफलहरू गरी सहकार्य गर्ने, संवाद तथा सुचना आदान–प्रदान गर्ने र संगै मिलेर कोरोना भाईरसलाई परास्त गर्नेमा एकजुट गराउने पहलहरू हामी सबै पक्षवाट भएको छ ।’

मार्चदेखी जुन महिनासम्म नै कोरोना संक्रमणको केन्द्रविन्दु बन्न पुगेको न्युयोर्कमा फिप्नाले संस्थागत रूपमा विभिन्न २४ वटा क्रियाशील संघ संस्थाहरूलाई विभिन्न स्वास्थ्य सामाग्रीहरू वितरण गरेको जानकारी दिएको छ । साथै फिप्नाको स्वयंसेवकहरूद्वारा प्रत्येक आवश्यक व्यक्तीहरूमा पुगेर पनि राहत वितरण गरेको छ ।

त्यसक्रममा टाईनल २६०० प्रति, केएन ९५ मास्क-२,६६५ प्रति, सर्जिकल मास्क ८,२५० प्रति, हेण्ड ग्लब्स–१७,६५० प्रति, हेण्ड सेनिटाईजर २३७ प्रति र हेन्ड थर्ममिटर १५ प्रति फिप्नाको कार्यलयबाट वितरण गरिएको जानकारी सोहि विज्ञप्तिमा दिइएको छ ।

सोहि क्रममा एक हजार २२१ परिवारको घरदैलोमा प्रत्यक्ष पुगेको, फिप्नाका १७ वटा सदस्य संस्थाहरूवाट प्रत्येक संस्थाहरूले टाक्सफोर्स निर्माण गरी आफ्नो समुदाय र सदस्यहरूको घरदैलोमा आवश्यक औषधि, मास्स, ग्लब्स, सेनिटाईजर, थर्ममिटर, साथै ग्रोसरीहरू गरिएको र नेपाली तथा अन्य अन्तराष्ट्रिय विद्यार्थीहरूलाई समेत ग्रोसरी तथा नगद सहयोगहरू गरिएको फिप्नाले जानकारी दिएको छ ।

फिप्नाले आफ्नो समुदायका सदस्यको मृत्यु भएका व्यक्तिको परिवारलाई आर्थिक भार नपरोस् भनेर आर्थिक सहयोगको अभियान समेत सन्चालन गरी परिवारलाई सहयोग गरेको जनाएको छ ।

‘यसविचमा हाम्रा सहयोगी मनहरूसँग हामी जोडिन पुगेका छौ । समुदायमा हाम्रो संस्थागत मानविय सेवाको गतिविधिहरूलाई हेरेपछी हामीलाई विभिन्न पेशा व्यावसायीहरू, संघ संस्थाहरूदेखी न्यूयोर्कस्थित स्थानिय सरकारका विभिन्न कार्यलयहरूवाट समेत सहयोग प्राप्त भएको छ । सबै सहयोगी महानुभावहरू संघ संस्थाहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ,’ महासंघका अध्यक्ष लोक चेम्जोङले भनेका छन्, ‘हाम्रा सम्पूर्ण स्वयंसेवक मित्रहरूप्रती हृदयदेखी नै धन्यवाद व्यक्त गर्दछौ ।’
यसैबीच फिप्नाले कोरोनाबाट प्रभावितहरुको घरदैलोमा पुगेर आवस्यक सेवा गरेका स्वयम्सेवक तथा अन्य व्यक्तित्वलाई धन्यवाद व्यक्त गरेको छ ।

कोरोनाका कारण अमेरिकामा २१ नेपालीको मृत्यु
कोरोनाका कारण अमेरिकामा २१ नेपालीको मृत्यु भएको महासंघले जानकारी दिएको छ ।
महासंघका अनुसार हालसम्म न्यूयोर्कमा १२ जना तथा अमेरीकाभरीमा २१ जना भन्दा बढीको मृत्यु भएको हो ।

वि.सं.२०७७ साउन ५ सोमवार ११:३१ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...