back
CTIZAN AD

भर्चुअल मिटिङ्गबाट बिमोचन गरियो ‘निरुको साइनो’

वि.सं.२०७७ साउन ११ आइतवार

1.1K 

shares

११ साउन, काठमाण्डौं । पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले (भर्चुअल मिटिङ्ग) जुम मार्फत निरन्जना चन्द ‘निरु’ द्धारा लिखित कविताको उपविधा ‘निरुको साइनो’ विमोचन गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार महानन्द ढकाल एवम् साइनोकार निरन्जना चन्द निरुले संयुक्त रुपमा शनिबार कृतिको विमोचन गरेका थिए । कोहलपुर बाँकेमा पूर्णिमा साहित्य प्रतिष्ठानले लकडाउनको सुरुवात र लकडाउनको अन्तिममा गरि दुई साइनो कृति प्रकाशित गरिसकेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव तथा प्रगतिशील लेखक संघका अध्यक्ष एवंम् कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.जीवेन्द्र देव गिरीले व्यानर पढेर कार्यक्रमको समुद्घाटन गरेका थिए । निरुका साइनोहरु उत्कृष्ठ रहेको उल्लेख गर्दै प्रा.डा. गिरिले लेखकहरुले जनजिविकाको सवाललाई उठान गर्दै लेख्नुपर्ने धारणा व्यक्त गरे । उनले साहित्य लेखन समाज परिवर्तनका लागि हुनुपर्दछ भन्ने कुरामा बिशेष जोड दिएका थिए ।

साइनो विधाका प्रणेता साहित्यकार छायादत्त न्यौपाने वगरले साइनोको लेखनी शुरु भएको एकवर्षको अवधिमा थुप्रै साहित्यकारहरुको नजरमा पर्नु साइनोप्रेमीहरुका लागि अति सुखद रहेको बताउँदै २०७६ श्रावण १६ गतेबाट लेखन प्रारम्भ भएको कविताको लघुतम् उपविधा साइनोका एक वर्षको समयमा चारवटा कृतिहरु प्रकाशित हुनु सुखद रहेको बताए ।

स्रष्टा न्यौपानेले साइनोको संरचना पक्षको बारेमा जानकारी दिदैं नेपाली माटोबाट शुरु भएको साइनो विधा छोटो समयमा धेरैको मन मुटुमा बस्न सफल भएको बताए । पूर्णिमा प्रतिष्ठान कोहलपुरले सबैभन्दा पहिलो र दोस्रो साइनो कृति प्रकाशित गरेर नेपाली साहित्यलाई ठूलो गुन लगाएको र इतिहास रचेको भन्दै संस्थाका अध्यक्ष महानन्द ढकाल लगायत सिंगो टिमलाई बधाई ज्ञापन गरेका थिए ।

साइनोका अभियन्ता बालकुमार क्षेत्रीले साइनोले एकवर्षको अवधिमा गरेका साइनोका सबै गतिविधि माथि प्रकाश पारेका थिए । उनले साइनो सम्बन्धि छलफल, बहस तथा अन्तरसंवाद कार्यक्रमको बारेमा बिशेष जानकारी दिदैं साइनो विधालाई सवैको सम्मुख ल्याउन सहयोग गर्ने विभिन्न मिडियाहरु, पत्रिकाका सम्पादक र विभिन्न संस्थालाई धन्यवाद दिएका थिए ।

उनी सुरुदेखी नै साइनोको प्रबर्द्धनमा खटिएका छन् । साइनो संसार पेजका एड्मिनहरु सुरेश काफ्ले ’विदारक’, सीता सुवेदी पन्थी, कमला भण्डारी ढकाल,सुरेन्द्र शाही, सीता शर्मा र क्षेत्री पनि एड्मिनको भुमिका निर्वाह पूरा गर्दै आएका छन् । अभियन्ता क्षेत्री साइनो वाङ्गमय प्रतिस्ठानमा बिशेष भूमिका निभाउदै आएका छन् ।

समालोचक तथा बाँसगढी बहुमुखी क्याम्पसका प्रमख ईश्वरी रिजाल ‘उल्कापात’ ले निरुको साइनोमाथि समिक्षात्मक दृष्टिकोण प्रस्तुत गर्दै समसामयिक विषयवस्तुहरुलाई निकै गहन र गम्भिर तरिकाले प्रस्तुत गरेकोमा खुशी व्यक्त गरे । निरन्जना चन्द निरुले शब्द, भाव, संरचना र शुद्धताको दृष्टिले उत्कृष्ट रहेको र नेपाली साहित्यमा यस कृतिले अमरत्व प्राप्त गर्ने सक्ने कुरामा आपूु ढुक्क रहेको उनले बताए । समिक्षक उल्कापातले साइनोको संरचना अक्षरको होकि वर्ण हो भन्ने जिज्ञासा राखेका थिए । त्यसमा प्रणेता न्यौपानेले वर्णको नभई अक्षर नै हुन् र साइनो चौबिस अक्षरीय संरचना हो भन्ने कुरामा जोड दिएका थिए ।

कृतिकार निरन्जना चन्द निरुले निरुको साइनो आफ्नो पहिलो कृति भएको र आँफूलाई यहाँसम्म आइपुग्नका लागि सहयोग गर्ने सम्पूर्ण साहित्यकारहरुलाई धन्यवाद दिर्दै कृति अध्ययन गरी सुझाव सल्लाह दिनका लागि आग्रह गरिन् । उनले साइनोको आविष्कार गरेर नव प्रतिभाहरूमा उर्जा थपेको हुँदा प्रणेता छायादत्त.न्यौपाने प्रति आभार व्यक्त गरेकी थिइन् ।

कार्यक्रमका अध्यक्ष महानन्द ढकालले सहभागी सम्पूर्णलाई धन्यवाद दिदैं पूर्णिमा प्रतिष्ठान कोहलपुरले नेपाली भाषा साहित्यलाई अगाडि बढाउन सदैव अग्रसर रहदै आएको बताए । साइनोको पहिलो कृति विष्णु पादुकाको ‘साइनो’ र दोस्रो कृति ‘निरुको साइनो’ प्रकाशन गर्न पाउँदा गर्व लागेको कुरा उल्लेख गर्दै कृतिकारलाई विधागत सफलताको शुभकामना दिदै लुकेका साहित्यिक प्रतिभालाई अगाडि ल्याउन प्रयत्न गरेको बताएका थिए ।

साइनो विधाका दोश्रो अभियन्ता केशव ज्ञवाली तथा तेश्रो अभियन्ता खेमलाल पोखरेलले कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पश्चिम नेपालमा साइनो झाँङ्गिदै गएकोमा खुशी व्यक्त गरे । साहित्यकारहरु गंगा लिगल, हरिप्रसाद चौलागाईं ,विष्णु पादुका, किरण आचार्य, गणेश श्रवण, सागर गैरे, बाबुराम न्यौपाने, नवराज पुडासैनी, टंक भटराई, कमला भण्डारी ढकाल, सन्तोष खत्री, प्रभात सुवेदी, जीवन न्यौपाने, धातानन्द शर्मा, सुरेन्द्र शाही, सुमित्रा न्यौपाने,सीता पौडेल लगायत धेरै साहित्यकारहरु र झन्डै सयजना उपस्थिति रहेको उक्त कार्यक्रममा संस्थाका कोषाध्यक्ष बद्री ढकाल हिरामणिले स्वागत गरेका थिए भने पूर्णिमा साहित्य प्रतिष्ठानका सचिव पुष्कर रिजालले कार्यक्रम संचालन गरेका थिए ।

वि.सं.२०७७ साउन ११ आइतवार १२:४१ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...