back
CTIZAN AD

ओलीको उपस्थिति बिनै बालुवाटारमा स्थायी समिति बैठक सुरु, स्थायी समितिका दुई तिहाई सदस्यको उपस्थिति

वि.सं.२०७७ साउन १३ मंगलवार

765 

shares

काठमाडौं । सत्तारुढ नेकपाको स्थायी समिति बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सुरु भएको छ । बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति छैन ।

पार्टी अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले एकपक्षीय रुपमा बैठक स्थगन गराउने निर्णय गरेसँगै अर्का अध्यक्ष दाहालले बैठकको सुरुवात गरेका हुन् ।

यसअघि अध्यक्ष दाहाल र वरिष्ठ नेता झलनाथ खनाल विवादको समाधान बारे छलफल गर्न ओलीलाई भेट्न पुगेका थिए । तर, छलफल सकारात्मक नभएसँगै दाहालले बैठक सञ्चालन गरेका हुन् ।

बैठकमा दाहाल, नेपाल र खनाल पक्षका ३० स्थायी समिति सदस्यको उपस्थिति रहेको छ । बैठकमा बामदेव गौतम पनि पुगेका छन् ।

यसअघि पार्टी उपाध्यक्षसमेत रहेका नेता वामदेव गौतमले विवादको समाधानको लागि भन्दै ६ बुँदे प्रस्ताव पत्र पेश गरेका थिए । उनले दुवै अध्यक्षलाई उक्त पत्र बुझाएका थिए ।

सम्बन्धित समाचारहरु

ओली र दाहालबीच भेटवार्ता, नेपाल र गौतम पनि बेग्लै छलफलमा

वि.सं.२०७७ साउन १३ मंगलवार १४:४८ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...