‘मलाई कोरोनाको संक्रमण भएर अस्पताल जानु पर्यो भने त शायद घरमै मर्छु होला !’ डा अरुणा उप्रेतीको यो भनाईले पक्कै पनि तपाई हाम्रो दिमागलाई सोच्न बाध्य बनाएको हुनुपर्दछ । उनको यो भनाई हामी सबैका लागि मननयोग्य छ ।
एक महिला आफूसँग भनेको प्रसङ्ग जोड्दै उनले सामाजिक सञ्जालमा लेखेको कुरा सबैका लागि उपयोगी छ । एक व्यक्तिलाई १२ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गर्दा २६ लाख खर्च भएको भन्ने कुरा सुनेपछि उनले लेखेको उनका विचार ले सत्यता बोलेको छ भने तपाई हामीलाई सर्तक रहन सचेत गराएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् :
‘मलाई कोरोना को सक्रमण् भएर र Hospital जानु पर्यो भने त शायद घर मै मर्छु होला, Kathamdnu ko ek thulao अस्पातलमा मेरो एक चिनेको मानिसलाई कोरोना भएर भेन्टिलेटर मा १२ दिन राखेको , २६ लाख लियो रे। । उनको जीवन प नि रहेन्, एक रात मा २६ लाख अस्पातललाई दिएपछि मात्र लाश दिए, त्यसपछि सैनिकहरु आएर लगे र बिद्युत शव दाह गृहमा लगे । परिवारलाई ‘ खरानी’ दिए। यात्रो पैसा कसरी परिवारले पायो होला रु त्यत्रो पैसा कसरी तिरेको होला र ? एक महिलाले भनेको कुरा सुनेर मलाई लाग्यो गरीब त कोरोनाभि सन्क्रमित भएर उपचार गराउन स्क्ने अबस्ता छैन ।
मेरो पनि कोरोनाको बिमा त गरेको छ तर कोरोन भए एक लाख सम्म दिन्छ उपचारको । २५ लाख कताबाट ल्याउने होला ? एक महिलाको कुरा सुनेर मलाई पनि सोच मग्न बनएको छ । कोरोना लागे अस्पताल गएर २६ लाख कसरी तिर्ने ?
कामै नभए पनि बाहिर घुमि रहने, मलाई कोरोनाले केही गर्दैन, आफ्ना साथीभाइ भन्दा बाहिरको मान्छेसँग सम्पर्क गर्दिन भनेर हिडिरहनेहरुले बेलैमा ध्यान पु¥याउन नसके एकातिर ज्यानै जाने सक्ने अर्को तर्फ ठूलो खर्च गर्नु पर्ने अवस्था आउन सक्छ । अति आवश्यक नभए सम्म बाहिर नहिडौँ । एउटा डाक्टरले यो भन्नु पर्ने अवस्था छ भने बिहान बेलुका खानका लागि समेत समस्या हुनेहरुले उपचार गर्नु पर्ने अवस्था आयो भने शायद हाम्रो मृत्यु उपचार नपाइ घरमै हुनेछ । त्यसैले अहिलेको अवस्थामा सर्तकता अपनाउनु सबैका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो । रोग लाग्न भन्दा रोगको बाटो छेक्नु नै जाती
वि.सं.२०७७ साउन ३१ शनिवार १०:०७ मा प्रकाशित






























