back
CTIZAN AD

लघुकथाः बिरानो मान्छे

वि.सं.२०७७ साउन ३१ शनिवार

1.2K 

shares

‘अहिल्यै छोरोलाई ल्यायो भने यहाँ एडजस्ट हुनै गाह्रो पर्छ । अहिले तिमी मात्र आउने हो । छोरोलाई त्यहीं बाबा आमासँग राख्ने हो ।’ महेशले अमेरिकाबाट शान्तालाई फोनमा भनेको थियो ।

‘हैन कस्तो अचम्मको कुरा गर्नुहुन्छ हजुरले ! जम्मा पाँच महीनाको छोरो छोडेर म कसरी आँऊ ?’ शान्ताले भनेकी थिई ।

‘तिमीले धेरै जिद्दी नगर । तिमी र म दुबै जनाले काम गर्ने हो यहाँ । छोरोलाई अहिले नै ल्यायो भने हेरचाह कसले गर्छ ? फेरि हामीले कमाउने छोरोकै लागि त हो नि ।’ महेशले सम्झायो ।

शान्ताले सोंची, ‘श्रीमानले ठीकै भनेका हुन क्यारे ! पाँच वर्षपछि त आएर उतै लगि हाल्छौं ।’

उसले त्यो दुधे बालक सासु ससुरोको जिम्मा लगाएर अमेरिका उडी । यता हजुरबा हजुरआमाले नातिलाई बेसरी माया गरेर हुर्काउँदै गए । बाउ आमाको अभाव हुन दिएनन् । छोरा बुहारीले कहिलेकाहीँ भिडियो कलमा नातिसँग बोल्न खोज्थे तर ऊ मान्दैनथ्यो ।

पाँच वर्षपछि महेश र शान्ता छोरो लैजान भन्दै एक महिनाको बिदामा नेपाल आए ।

घर पुग्ने बित्तिकै खुशी हुँदै छोरालाई बोलाए, ‘ए बाबू ! बाबू !! यता आऊ त ।’

छोरोले ‘नाई’ भन्दै हजुरआमाको काखमा गएर लुक्यो ।

उनीहरूले मिठाई र खेलौनाहरू दिएर फकाउन खोजे तर ऊ मान्दै मानेन् । शुरुशुरुमा नौलो मानेर होला, बिस्तारै मान्ला नि भनेर चित्त बुझाए । छोरो निदाएको बेला उनीहरूले ल्याएर आफूहरू सँगै सुताउँथे तर जब ऊ बिउँझन्थ्यो, रोएर घरै उचाल्थ्यो । बाउ आमाको पंजाबाट फुत्केर हजुरबा हजुरआमा सुतेको ठाँउमा गएर सुत्थ्यो ।

महेश र शान्ताको पनि अमेरिका फर्कने दिन आयो । छोरोलाई पनि आफूहरू सँगै लैजान खोजे ।

छोरोले हजुरबाको पाखुरो समातेर रुँदै भन्यो, ‘म हजुरहरू सँगै बस्छु । ती बिरानो मान्छेहरू सँग जान्न है, हजुरबा ! मलाई तिनीहरू सँग नपठाउनुहोस् है !’

महेश र शान्ता पनि भाव विव्हल भए। बोकेको झोला फ्यात्त भूँईमा फ्याँक्दै भने, ‘आफ्नै सन्तान बिरानो हुन्छ भने किन जाने विदेश ? भो अब नजाने ।’

वि.सं.२०७७ साउन ३१ शनिवार १०:१६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...