अघिपछि कट्टु लाउँछन्, तीज् आउँदा सारी
यताउता हल्लि हिँड्छन्, सुनको पोको पारी
हिजोअस्ति झिल्टो मान्थे, पोतेको एक डोरो
आज हेर त्यो गलामा, दस तोलाको हारी
हातमा पनि सुन्कै चुरा, औंला भरी औठी
एक मुठ्ठीको तिलरीमा, जन्तर्को छ भारी
एक महिना दरै खान्छन्, यस्का उस्का भन्दै
समान्ताको नारा लाउने, यी आधुनिक नारी ।
वि.सं.२०७७ भदौ ३ बुधवार १३:१० मा प्रकाशित






























