back
CTIZAN AD

बाबा बिनाको घर

वि.सं.२०७७ भदौ ३ बुधवार

1.6K 

shares

बाबा शब्द अहा ! मनोहर घडा, समृद्धिका वाहक
बाबाको तुलना हुँदैन कहिल्यै,बाबा भलो साधक
बाबा हुन् घरद्वारका रचयिता,हुन् सिर्जनाका बिउ
बाबा अंश बिना त्यसै प्रकृतिमा,बन्दैन हाम्रो जिउ
। (१)
बाबा पालनहार हुन् भुवनका, बल्दै गरेका दियो
बाबा हुन् श्रमका अतुल्य गहना,सन्तानका हुन् मियो
बाबा छन् घरमा जहान सब ती,आनन्दले रम्दछन्
छैनन् ‘बा’ मन खिन्न हुन्छ बिचरा,सन्तापमा पर्दछन्
।(२)
बाबाले कति दुस्ख कष्ट सहदै,पालेर ती सन्तति
हुर्काए तर बिर्सिएर गुन त्यो,छाडी गए अन्त ती
बाबाको अपमान गर्दछ भने,के काम सन्तानको
जो बुझ्दैन पिता मुहान सबका,सन्तान त्यो व्यर्थ हो
। (३)
बाबा सन्ततिका अपूर्व बहना,सम्पूर्ण संस्कार हुन्
बाबा वंश मुहान दिव्य लहरी,सच्चा समाचार हुन्
बाबा छन्द पराग हुन् हृदयका,सन्तानका रक्षक
बाबा अक्षरका समस्त स्वर हुन्,बाबा भलो शिक्षक
। (४)
बाबा सन्ततिका उँचा धरहरा,हुन् सभ्यताका पुल
बाबा औषधि हुन् विकर्म सबका,सच्चा हितैषी कुल
बाबा ब्रम्हमुहूर्त हुन् प्रहरका,सन्तानका ईश्वर
साह्रै शून्य हुने समस्त भवमा, बाबा बिनाको घर

छन्द- शार्दूलविक्रीडित


 

वि.सं.२०७७ भदौ ३ बुधवार १५:५७ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...