back
CTIZAN AD

लघुकथा: अनमोल रत्न

वि.सं.२०७७ भदौ ६ शनिवार

606 

shares

अजय सानो छदैमा धर्तीबाट बिदा भईन् उस्की आमा मनरूपा । आफ्नो अर्को बिहे गर्ने उमेर हुँदाहुँदै पनि त्यै छोराको मुख हेरेर बाबु पिताम्बरले जोबन गुजारे । छोराको बिहेपछि आउने बुहारीले घर सम्हाल्छिन् तिन्कै मायामा बाँच्छु भन्ने थियो उन्लाई ।

बिहे भो उनीहरुको एउटा सन्तानको रुपमा नाति अनमोल जन्मिए । तिनै नातिको मुख हेरेर आफ्नो बुढेसकाल बिताइरहेका पिताम्बरलाई एकदिन आफ्नो मुटु समानको छोराले घरबाट टाढाको दोबाटोमा छोडेर एकैछिन बस्दै गर्नुस् है बा म आउँछु भनेर अलपत्र छोडेर वेपत्ता भए ।
रातभर चिसो सडक पेटीमा रात कटाएका उन्लाई न छोराको फोन नंबर कन्ठस्थ आउँथ्यो न त उनि आफ्नो घरको ठेगाना भन्न नै सक्थे । अन्ततः उनी नजिकैको बृद्धाश्रममा पु¥याईए । यसो हुनुको पछाडि बुहारी प्रेमकलाको जिद्दी थियो ! आफ्नो बाबुप्रती असीम स्नेह र आस्था हुँदाहुँदै पनि कि मलाई कि त बाबु मध्ये एक रोज ! तिम्रा बाबु बस्ने घरमा म एक मिनेट पनि बस्न सक्दिन ! यो उमेरमा म तिम्रा रोगी बाउको सुसारे बनेर बस्न सक्दिन । यसै पनि हजुर बा को सङ्गतमा परेर लाडिएर अनमोलले भनेको टेर्नै छोडिसक्यो …दैनिक हुने श्रीमतीको रडाको खप्न नसकेर अजय त्यो कठोर कदम चाल्न पुगेका थिए ।

घरमा हजुर बा लाई नदेखेपछि अनमोलले कहाँ जानू भो भनेर सोध्दा गाउँको घरमा जानू भा छ एक दुई महिनामा फर्केर आउनुहुन्छ तँ धेरै हजुर बा नभन भनेर सम्झाउँथिन् प्रेमकला ।

कुशेऔँसी आयो अजयलाई बाबुको मुख हेर्ने चाहानेले असाध्य पिरोल्यो ! छोरालाई गाडीमा राखेर उनी सुटुक्क बृद्धाश्रममा पुगे । अनमोललाई गाडीमै छोडेर उनी आफ्नो बाबुको मुख हेर्न केही पैसा र खानेकुरा लिएर बृद्धाश्रममा पुगे र आँखाभरी आँसु बोकेर फर्किए ।

लुकिलुकि बाबुको बाटो पछ्याएका अनमोलले आफ्ना हजुर बा उस्की आमाले भनेजस्तो गाउँमा नभएर बृद्धाश्रममा पु¥याएको कुरा थाहा पायो उस्ले ।

आफुले केही थाहा नपाए जस्तोगरि–हजुर बाको विषयमा घरमा बाबा आमाको झगडा परिराख्ने र सधैँ आमाकै जित हुने कुरा थाहा थियो उन्लाई-बाटोमा अनमोलले बाबुलाई सोध्यो आफ्ना बाबुआमालाई यस्तो बृद्धाश्रममा छोडेर बेपत्ता हुने छोराछोरी कस्ता होलान् है बाबा ! अर्को महिना त हजुर बा पनि घर आउँनुहुन्छ ! आहा अनि म सँगै खेल्न पाउँछु । बाबू अजय भने आँखाभरी आँसु पार्दै अर्को पट्टी फर्कर त्यैत भन्दै थिए ।

फर्केर बृद्धाश्रम गएर आएको कुरा कसैले सुनाएन प्रेमकलालाई । तर अनमोलले यो कुरा बुझिसकेका थिए कि आफ्नी आमाकै जिद्दीका कारण आज हजुरबाको बृद्धाश्रमको बासभएको हो ! त्यसैले उन्ले बाबुआमा दुबै भएको ठाउँमा गएर यसो भने कि त मलाई पनि त्यहीँ लगेर छोड्दिनुस् हैन भने हजुर बालाई आजै घर ल्याउँनु प¥यो ! छोराको कुरा सुनेर आमा प्रेमकला आत्म ग्लानीले पानी पानी भै ! उस्ले अरू कुनै प्रतिवाद नगरी यति भनी अजय गाडी झिक र हिँंड बृद्धाश्रम अनि आजै फर्काएर ल्याऊँ बुबालाई ।

अजय नाबालक छोराको अनुहारमा हेर्न नसकेर भन्छन् छोरा तँ मेरो बाबु निस्किस् ! मलाई माफ गरि दे । तेरो कारण आज हामीलाई हाम्रो गल्तिको महसुस भएको छ । अमा प्रेमकलाले पनि त्यसै भनिन् ।

भर्खर फर्किएको गाडी आएर खुसीसाथ आफ्ना बाबुलाई लिएर गएको दृश्यले एकछिन बृद्धाश्रमको माहोल नै अर्कै भएको थियो । पिताम्वर भने आफ्नो नातिलाई अङ्गालो हाल्दै डाँको छोडेर मेरो नाति भन्दै थिए अनि आँसु पुछ्दै अनमोल भन्दै थिए हजुर बा मलाई नभनी हजुर किन वेपत्ता हुनु भाको ! म अब हजुर सँग खेल्दिन !!!

यत्तिकैमा घर आइपुग्यो साथमा घरको गुमेको हिजोको खुसी पनि ।

जय जिन्दगी ।

वि.सं.२०७७ भदौ ६ शनिवार ०८:३४ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...