back
CTIZAN AD

कविता: राष्ट्रबादका आयामहरु

वि.सं.२०७७ भदौ ६ शनिवार

1K 

shares

उहिले बलभद्र कुवँरले
महाबैरी ठानेका अङ्ग्रेजहरुलाई
जङ्ग बहादुरले रातो कार्पेटले
स्वागत गरेपछी
तानाशाहहरुले
आँखाका कसिङ्गर ठानेका
प्रजातन्त्रबादिहरुलाई
हिन्दुस्तानले आश्रय दिएपछी
नाकाबन्दिले पन्चायती ब्यबस्था
थिलथिलो हुँदा
प्रजातन्त्रबादिहरुको अनुहार
खुसिले चम्किए पछि
फेरि बहत्तर सालमा
नाकाबन्दिमा हिन्दुस्तानलाई
सत्तोसराप गर्दै
एकाएक राष्ट्रबादको भल उर्लिएपछि
म दोबाटोमा उभिएकोछु
राष्ट्रबादको
असली परिभाषा खोज्दै
कहिले देवत्वकरण
कहिले दानविकरण
करणै करणको खेलमा
मेरो राष्ट्रबाद
आज करणी भएको छ
र म त्यही करणी
निरीह भएर हेरिरहेछु
मलाई सोध्छौ भने
मेरो बुद्दु दिमागको बुझाईमा
राष्ट्रबाद भनेको त
राष्ट्र आबाद हो
नहुनुबाट आजाद हो…!

वि.सं.२०७७ भदौ ६ शनिवार ०८:३६ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...