back
CTIZAN AD

मेरा पाँच मुक्तकहरु (तिज बिशेष)

वि.सं.२०७७ भदौ ६ शनिवार

4.3K 

shares

(१)
तिम्रै लागी ब्रत बसी, पुजा गर्ने दिन आउछ
हातमा तिम्रै नाम लेखी, बुट्टा भर्ने दिन आउछ
हरिया पहेला अनि राता, चुराहरु नाडी भरि सजाएर
सिउँदो भरि तिम्रो नामको, सिन्दुर छर्ने दिन आउछ…
(२)
तिम्ले मलाई मुटु भन्दा, प्यारो ठान्छु भनेपछि
हिम्मत गरि तिमीसँग, साँच्चै जान्छु भनेपछि
साईत होस् या नहोस् अब,पन्चे बाजा बजाई दिन्छु
तिम्ले मलाई मैले पुज्ने, देबतामान्छु भनेपछि…
(३)
तिम्रै लालपुर्जा भयो मुटु, अरु सँग बाँडिन सक्दैन
तिमी सङ्गै जोडियो मन, अब कहिल्यै टाडिन सक्दैन
तिम्रो आशु पुछ्ने मेरोहात, मेरो पुछ्ने तिम्रो हात
हाम्रो बिश्वासको यस्तोनाता, कहिले पनि भाँडिन सक्दैन..
(४)
तिम्रो सिन्दुर पोते भए, मलाई कुनै श्रृङ्गार चाहिदैन
सुन चाँदिका गहना र, त्यो हिराको हार चाहिंदैन
मात्रै तिमी बगिदिनु, मेरो शरिरको नशा नशामा
त्यति भए मैले बाँच्न, कुनै रक्त संचार चाहिदैन..
(५)
पहिले मान्ने तीज भन्दा, अहिले मान्ने तीज फरक
लाउने खाने कुरादेखी, सबै सबै चिज फरक
सस्कार भन्दा पनि धेरै, बिकृती बढ्न थालेपछि
देख्न थाले समाजभित्र, यस्ले रोप्ने बिज फरक ..

वि.सं.२०७७ भदौ ६ शनिवार ०८:४१ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...