back
CTIZAN AD

कविता: परदेश

वि.सं.२०७७ भदौ ६ शनिवार

4.1K 

shares

घरको आँगन छोडेर हिडँदा
प्यारो गाउँ घर छोडेर हिडँदा
यो सहर, बस्ती नदीनाला
सबै सबै छोडेर हिडँदा
अनि विमानस्थलबाट
ठुलो जहाज चढेर देशै छोडेर
आकाशमा उड्दा
सोचेको थिएँ सपनाहरूको परदेश कस्तो होला ?

म आकाशमा उड्दै गर्दा
छोडेनन् मेरा विदाईका पलहरुले
आँखाबाट सप्तकोशी बगिनैरहेथे
परदेशी भूमीमा टेकेपछि
दिन दुईगुना
रात चौगुना बढेझै बढीनै रह्यो
मेरा पैताला र हत्केलाका भाग्यरेखाहरु
परदेश देखियो, बुझियो, भोगियो
धेरै सपनाहरू बिचैमा मारियो
जिउँदै मरेर पनि बाँच्ने कोशिस गरियो
बुढेसकालले गाला च्याउरीपरेका बाआमा
जवानीमा फुलिरहेकी मेरी जीवनसंगिनी
ती रसिला दुधेकेटाकेटीहरु
ती गाउँघर, छरछिमेकीहरु
ती पाखा,पखेरा, भन्ञ्झाङ चौतारी,
उकाली, ओरली,देउराली
सिङ्गो देशको मानचित्र
हरेक चोटि धड्किरहन्छ
प्रत्येक पलमा सास खुस्केराझै हुन्छ
झनझन कठोर, मुटु कसिलो बनाउँदै
समयसँग सम्झौता गर्दै
पाईलाद्दपाईलामा आयुको मापन गर्दै
जोड, घटाउ, जीवनका हिसाब किताब गर्दागर्दै
मेरो समयले मलाई नै जिस्काइरहेको छ
सपनाहरूको परिभाषा दिएको छ
परदेश ! हो साँचिकै परदेश नै हुँदोरहेछ ।

फेदिखोला, स्याङ्जा,हाल-जापान

वि.सं.२०७७ भदौ ६ शनिवार ०८:५३ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...