back
CTIZAN AD

कविता: अन्नतकाल की सहयात्री (तिज बिशेस )

वि.सं.२०७७ भदौ ६ शनिवार

1.6K 

shares

प्रिय,
तिमीलाई बिश्वास लाग्छ भने
तिजको व्रत बस
तर
हामी दुबैको आयु लामो हुनुपर्छ
साँझको दीपक जस्तै
आश्रयस्थलमा
सुगन्धित प्रेमको बगैंचा फुल्नु पर्छ
मन्दिर जस्तै
आँगनमा शान्ति हुनुपर्छ
प्रिय !
तिम्रो बिश्वासमा
हाम्रो प्रेमिल सहयात्रा
लामो गन्तब्यसम्म चलिरहन्छ भने
म पनि निर्जला नै बसेर थप्छु प्रार्थना
तर
साँच्चै तिम्रो आयु घटाएर
मेरो आयु थप्ने
अन्धबिश्वासमा तिमी छौ भने
पर्दैन व्रत बस्नु
चाँहिदैन पृय मलाई
तिमी विनाको लामो एकल जिन्दगी
तिम्रो चुरा र पाउजुहरुको संगीत विना
बिताउन सक्दिन एक्लो समय
मझेरी र आँगनमा स्वर्ग तिर्थ भेटिएपनि
रमाउन सक्दैनन मेरा आँखाहरु
तिमी विना
रमाउन सक्दैन मन
चाहन्छु,
चाउरीए पनि तिम्रो अनुहार हेर्न
चाहन्छु सेतै फुलेका कपालहरु छुन
तर
सुकेको स्थुल शरीर वरीपरी
नबाँधिउन
बृद्द किलकिलेमा तिम्रा यादहरु
एकल दीर्घायुकोलागि
भो पृय !
निर्जला व्रत नबस
चाहन्छु
बृद्दकालमा पनि
तिम्रो सिंउदोमा रातो सिन्दुर होस्
निधारमा बिन्दी होस्
हात खुट्टाहरुमा स्वतन्त्र चुरा र पाउजु होस्
गलामा पोते होस्
रातो परिधानमा
तिम्रो ऐभात हराभरा होस्
सहयात्राको पलंग छेउ वा भित्तो
कहिले पनि रित्तो नहोस्
सुन्छ्यौ मेरो प्रार्थना भने
प्रिय !
तबमात्र राख निर्जला व्रत
म चाहन्छु
रित्तो होस् एकैपटक जिन्दगी
एउटै समय खुल्ला आकाशमा निसृत हुन
हाम्रा आत्माहरु
जसरी संगै देखेको छौ सपना
संगै बाँचेका छौ बिपना
जुनी जुनीका लागि देह छोडेर
त्यसरी नै एक साथ बिलिन हुन पाइयोस्
परमात्माको देहमा
जसरी अकास्मात बत्ति निभेपछि
आफै छरिन्छ कोठाहरुमा चुक अध्यारो
फेरि उज्यालो हुन
पुन :जीवित हुनुपर्छ दियो
त्यसरी नै
प्रिय !
तिम्रो तिजले
पुन : जन्मदेओस् अन्नत जुनिसम्म
हाम्रो प्रेमिल सहयात्रा
जसरी संगै हुन्छन नदी र किनार
जसरी संगै हुन्छन घाम र छायाँ
जसरी संगै देख्छन मन र आँखा

प्रिय !
एकल पुरूष जीवन लम्याउन
परित्याग गर अन्धबिश्वास
बस्दै नबस् निर्जला व्रत !
मेरा हरेक स्पर्शका अनन्त ढुकढुकीमा
भेटिनु पर्छ
केबल
केबल
केबल
अहोरात्र तिमी ।

 

वि.सं.२०७७ भदौ ६ शनिवार ०८:५६ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...