back
CTIZAN AD

गोपालचन्द्र राईको ‘सुँगुरे माया’ सार्वजनिक

वि.सं.२०७७ भदौ १९ शुक्रवार

891 

shares

काठमाडौँ । गीतकार गोपालचन्द्र राईको ‘सुँगुरे माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

Takmebudha.com युट्युब च्यानलमार्फत भदौ १५ गते सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोमा गायक रूप कुमार राईको स्वर, सङ्गीत तोरेम्पा हाङ र सङ्गीत संयोजन फणीन्द्र राईले गरेका छन् ।

भिडियोमा चर्चित हास्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढा)का साथै सुरेन्द्र केसी (मुलाको साग) र अन्जली अधिकारीको अभिनय रहेको छ भने नवराज उप्रेतीको नृत्य निर्देशनमा चर्चित नृत्य निर्देशक कमल राई र सम्पादन मनोज कार्कीले गरेका छन् ।

‘नभुल्नु भन्छन् नुनको पैँचो, तिर्नु रे नुनैले
नतोड्नु भन्छन् बैगुनी मनलाई, मार्नु रे गुनैले’

गीतको शव्द रचना गोपालचन्द्र राईले गरेका हुन् भने स्वर रुपकुमार राईको रहेको छ । सार्वजनिक भएको ४ दिनमै करिब ३ लाख दर्शकले भिडियो हेरेका छन् ।

गरिबीपन र पछ्यौटेपनको कारण धेरै सन्तानहरू हुने तर आर्थिक अभाव भएको कारण झर्काे फर्काे गर्ने बैसको मायालाई ‘सुङ्गुरे माया’ को संज्ञा दिएको गीतकार राईले बताए ।

नेपाल आयल निगम कर्मचारी संघको आधिकारिक ट्रेड युनियनका अध्यक्ष रहेका गीतकार राईले केहि दिन अघिमात्र ‘रुँदारुँदै हासेको मान्छे’ म्युजिक भिडियो सार्वजनिक गरेका थिए । उनले ६०० भन्दा बढि गीतहरुमा आफ्नो स्वर दिइसकेका छन् ।

वि.सं.२०७७ भदौ १९ शुक्रवार १०:०८ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...