back
CTIZAN AD

कार्गो पानीजहाज दुर्घटनाग्रस्त, ५ हजार ८०० गाई मरे

वि.सं.२०७७ भदौ २० शनिवार

726 

shares

२० भदौ । न्यूजील्यान्डबाट चीनतर्फ गाईवस्तु लिएर गइरहेको एउटा विशाल कार्गो पानीजहाज जापानी समुद्री क्षेत्रमा डुबेको छ । जापानी उद्धारकर्ताहरुले शुक्रबार चालक दलको दोस्रो व्यक्तिलाई उद्धार गरेका छन् ।

जापानी तटीय सुरक्षा दलका अधिकारीहरुले सामुद्रिक आँधी तुफानका कारण “गल्फ लाइभस्टक १” नामको पानीजहाज बुधबार बिहान डुबेको बताएका छन् ।

उद्धारकर्ताहरुले पूर्वी चीन सागरको अमामी ओशिमा द्वीपको उत्तरपश्चिम करिब १२० किलोमिटरको दूरीमा चालक दलका दोस्रो व्यक्ति अचेत अवस्थामा फेला पारेका थिए । तर उपचारका लागि अस्पताल भर्ना भएपनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

जापानी क्षेत्रीय तटीय सुरक्षा दका प्रवक्ता ताकाहिरो यामादाले समुद्रमा मरेका गाईहरु तैरिएको देखिएको जानकारी दिनुभयो ।

करिब ११ हजार ९४७ टन वजनको उक्त पानीजहाजमा ४३ जना चालक दलका सदस्य र ५ हजार ८०० गाई रहेका थिए । उक्त जहाज मध्य अगष्टमा न्यूजील्याण्डबाट चीनको पूर्वी शहर ताङ्शानतर्फ हिँडेको थियो ।

न्यूजील्यान्डका अधिकारीहरुले उक्त दुर्घटनापछि जिउँदा गाई चीनतर्फ निकासी गर्न तत्कालका लागि बन्द गरिएको र घटनाको अनुसन्धान शुरु भएको बताएका छन् ।

उक्त पानीजहाजबाट एक जना चालक दलका सदस्य ४५ वर्षीय फिलिपिनो नागरिक एडभार्डो सारेनोलाई बुधबार उद्धार गरिएको थियो । एडभार्डोले जहाजको एउटा इन्जिन बन्द भएर जहाज रोकिएकै समयमा निकै शक्तिशाली आँधीले जहाज हल्लाएको र डुबेको बताएका छन् ।

एडभार्डोले आफू लाइफज्याकेट लगाएर समुद्रमा हाम फालेको तर अरु साथीहरुका बारेमा आफूलाई केही थाहा नभएको बताएका छन् ।

पानीजहाजमा ३९ जना फिलिपिनी, दुई जना न्यूजील्यान्ड र दुई जना अस्ट्रेलियाका नागरिक चालक दलका सदस्य रहेको बताइएको छ ।

वि.सं.२०७७ भदौ २० शनिवार ०८:१९ मा प्रकाशित

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...