back
CTIZAN AD

भिक्टोरिया क्रस बिजेता थापाको शालिक निर्माणमा राई दम्पतिद्वारा सहयोग

वि.सं.२०७७ असोज १ बिहीवार

867 

shares

यूके । बेलायतमा निर्माण हुन लागेको भिक्टोरिया क्रस बिजेता हवल्दार स्वर्गीय कुलवीर थापाको शालिक निर्माणका लागि नरेन्द्र राई दम्पतिले आर्थिक सहयोग गरेका छन् ।

किरॉंत राई यायोख्खा, बेलायतका केन्द्रीय सदस्य नरेन्द्र कुमार राई र एनआरएनए बेलायतका केन्द्रीय सदस्य शुसीला राईले एक हजार १५ पाउण्ड स्टर्लिङ रकम सहयोग गरेका हुन् ।

कुलवीर थापाको शालिक निर्माणका लागि एक हजार १५ पाउण्ड स्टर्लिङ सहयोग गर्छौ भनेर म र मेरो श्रीमान नरेन्द्र राईले प्रतिबद्धता गरेका थियौं’, शुशीला राईले सामाजिक सञ्जाल जानकारी गराउँदै भनेकी छन्, ‘अहिले त्यो प्रतिबद्धता पूरा गर्न पाउँदा खुशी लागेको छ ।’

समाजमा गरिने यस्ता महान कार्यमा आफूहरुको सँधै साथ रहने बताउँदै राईले गोर्खा मेमोरियल शालिक निर्माण परियोजना टीम लाई धन्यवाद व्यक्त गरिन् ।

प्रथम विश्वयुद्धमा आफ्नो अदभ्य साहस देखाएबापत बहादुरीका लागि बेलायतको सर्बोच्च पदक ‘भिक्टोरिया क्रस’ बाट बिभुषित पहिलो नेपाली वीर कुलवीर थापाको शालिक अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा निर्माण हुँदैछ ।

सो प्रोजेक्टमा आर्थिक सहयोग गर्ने चाहनेहरुले Sher Bahadur Sunar (मिडिया सन्योजक कुलवीर थापा शालिक निर्माण समिति) लाई वा ग्रेटर रशमूर नेपाली कम्युनिटीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

वि.सं.२०७७ असोज १ बिहीवार ०९:०६ मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...