back
CTIZAN AD

लघुकथाः विवशता

वि.सं.२०७७ कात्तिक १ शनिवार

684 

shares

राधाकृष्ण आफूसँगै बाल्यकाल बितेको घनिष्ठ साथी दिनेशको घरमा आफ्नी दिदी कल्पनाको विवाहको निमन्त्रणा दिन पुग्यो र भन्यो–तिमी मेरी दिदीको विवाहमा जसरी भए पनि आउनु पर्छ । नत्र भने म तिमीसँग कहिल्यै पनि बोल्दिन नि । तिमी त मेरो सानो छँदाको साह्रै मिल्ने साथी हौ नि । म तिम्री दिदीको विवाहमा जसरी भए पनि आइहाल्छु नि । मैले गर्न सक्ने काममा पनि आएर सघाउछु नि – दिनेशले भन्यो । राधाकृष्णकी दिदी कल्पनाको विवाहको दिनसँग जुधेर दिनेशलाई आफूले चुनावमा निकै मद्दत गरी जिताएर मन्त्री पदमा पुगेको मोहनबहादुरको छोरीको विवाहको निमन्त्रणा पनि आइपुग्यो ।

दिनेशलाई एकैदिन दुई ठाउँबाट निमन्त्रणा आएपछि कुन विवाहमा जाने कुन विवाहमा नजाने होला भनेर अप्ठ्यारो पर्न गयो । मन्त्रीकै घरको विवाहमा जानु राम्रो होला भनेर ऊ मन्त्रीकै छोरीको विवाहको निमन्त्रणा स्वीकार गरेर दाइजो बोकेर गयो । विवाह सकिएको केही दिनपछि दिनेशले राधाकृष्णको घरमा दाइजो बोकेर लग्दै भन्यो – म तिम्री दिदीको विवाहमा आउन सकिन । यसमा म माफी माग्न चाहन्छु । विवाहमा आउन नसकेकोले तिम्री दिदीलाई यो दाइजो चाहि ल्याइदिएको छु नि । राधाकृष्णले –भन त तिमी किन मेरी दिदीको विवाहमा आउन सकेनौ ? भन्यो । त्यही दिन एकजना मैले चुनावमा जिताएको मन्त्रीको छोरीको विवाहमा नगईनहुने भएर म तिम्री दिदीको विवाहमा आउन सकिँन – दिनेशले भन्यो । दुईदिने मन्त्रीको छोरीको विवाहमा चाहिँ जान सक्ने म जन्मेदेखिको साथीकी दिदीको विवाहमा चाहिँ नआउने । मेरी दिदीलाई विवाह गरेर पठाइसकेपछि दाइजो ल्याउने ? म यो दाइजो लिन्न-राधाकृष्णले भन्यो ।

 

वि.सं.२०७७ कात्तिक १ शनिवार ०८:४५ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सिवाङ्गी सुवेदी ग्रीनहिल स्कुल,कक्षा ६ साहित्यकार जन्म जयन्तीमा त पर्यो...