
केहोला जात जातीमा घमासान भएपछि,
मान्छे मान्छेको बिचमा अपमान भएपछि ।
खोलाको ढुङ्गा मुर्ति राखेर मन्दिरमा पुज्ने,
मान्छेको लागि त्यहिनै देबी थान भएपछि ।
के बाँकी रहन्छ यो मानब सामाज भित्रमा,
मान्छेभित्र मानवता को अवसान भएपछि ।
कस्को केनै लाग्छ चेतनशिल प्राणि समेत,
सधै मान्छे अञ्जान अनि नादान भएपछि ।
यसो बुझ समाज मा कस्तो जाला सन्देश,
सरकार काम भन्दा बढी उखान भएपछि ।
देशकै बिकास गरेर त देखाउ भन्छौँ हाम्ले,
साँच्चै काम गर्छ मान्छेको जुवान भएपछि ।
मातृत्व भुमि छाडेर को जान्छ परदेश भन,
आफ्नै देशमा रोजि को प्रावधान भएपछि ।
को रुन्थ्यो देश आत्मनिर्भर हुन्छ भने यहाँ,
जनता सँग रोटी कपडा र मकान भएपछि ।
वि.सं.२०७७ कात्तिक १ शनिवार ०८:५४ मा प्रकाशित






























