back
CTIZAN AD

कविता: रावण जन्मियो मुलुकमा

वि.सं.२०७७ कात्तिक १ शनिवार

783 

shares

छोरो रावण जन्मियो मुलुकमा, सीता हर्यो रामको
आत्मा खल्बलियो अधर्म थपियो, बेकार सङ्ग्राम भो
भन्थे सत्य सँधै पुगी विजयमा, मार्ने छ पापी खल
हे मन्त्री सरकार न्याय तुहियो,तिम्ले जितेको फल

राखी लक्ष्मण मिर्ग साबक पिछा, टाढा भएको घडी
पापी रावणले ग¥यो कपट पो,नेपालमा गड्बडी
राजाराम विछोडिए पति यता, सीता रुने भल्भल
हे मन्त्री सरकार न्याय तुहियो, तिम्ले जितेको फल

टुक्का शासनमा निरास सपना, बोकी रह्यो देशले
ठट्टा लाग्छ उखान मात्र छ नयाँ, धोती भि¥यो भेषले
भ्रष्टाचार दलाल बाट जहिल्यै, छाई रह्यो दल्दल
हे मन्त्री सरकार न्याय तुहियो, तिम्ले जितेको फल

सिङ्गो राष्ट्र अखण्ड खण्ड गरियो, सातै भए राजन
यौटा रावण केन्द्रमा अनि अरू, छन् कंश दुस्सासन
क्वै दुर्योधन दुष्ट पात्र शकुनी,मात्रै ग¥याछन् छल
हे मन्त्री सरकार न्याय तुहियो, तिम्ले जितेको फल

छन्द: शार्दूलविक्रीडित

वि.सं.२०७७ कात्तिक १ शनिवार ०९:०२ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सिवाङ्गी सुवेदी ग्रीनहिल स्कुल,कक्षा ६ साहित्यकार जन्म जयन्तीमा त पर्यो...