back
CTIZAN AD

घायलका मुक्तकहरु

वि.सं.२०७७ कात्तिक १ शनिवार

813 

shares

(१)
दिन गनेर बस्छु रात गनेर बस्छु
तिमि साउन म बर्षात बनेर बस्छु
सताउछ सपनाले झस्क्न्छु घरीघरी
कहिले हुन्छ मुलाकात भनेर बस्छु ।।
(२)
कोही भीर पाखामा कोही डिलमा रमाउछ्न्
मठ मन्दिरमा त कोही मेहफिलमा रमाउछन्
खुसी भरेर राख्ने भकारी कहाँ हुन्छ र ? साथी,
आरामले कोही धेरै जसो मुस्किलमा रमाउछ्न् ।।
(३)
दुख सँग भाग्य साट्दै गिट्टी बालुवा चालेर बस्छन्
खोली किनारमा मिठामीठा सपना पालेर बस्छन्
कर्म सँगसँगै चिसोचिसो समयले दपेट्न थालेपछि,
सामाजिक चिसो छल्न फाटेको मन बालेर बस्छन् ।।
(४)
मुस्किल मुस्किलमा नै झुपडी भित्रको चुल्हो बलेका छ्न्
प्रकृति प्रकोपको प्रहारले कतिको भाग्यरेखा जलेका छन्
दपेटी रहन्छ समयले अझ झन् निर्घात कुट्छ परिवन्दले,
जति दह्रोसँग टेक्न खोज्यो अचेल खुट्टा उति गलेका छन् ।।

वि.सं.२०७७ कात्तिक १ शनिवार ०९:०५ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सिवाङ्गी सुवेदी ग्रीनहिल स्कुल,कक्षा ६ साहित्यकार जन्म जयन्तीमा त पर्यो...