संसार विकास सु–शासन अनुशासित बनेर अगाडि बढीरहँदा हाम्रो देशका राजनीतिक पार्टीहरुका नेता कार्यकर्ता के सिमीत सत्ता स्वार्थ खातिर जन्मेका हुन त ? हैन भने किन सबै दलहरुमा किन भाडभैलो छ । यसको जबाफ आज आम जन्ताले खोजिरहेका छन । सिमीत अवसरमै कमाउने उनीहरुको चाहाना हो भने आम जनताले हेरिरहेकै छन ।
नेपालको राजनैतिक ईतिहास जो हाम्रो पुर्खाहरु न कसैको दास बने नत कसैको गुलाम नै ? न कसैको हस्तक्षेप नै सहे ? तर आखिरी जहिलेपनि जन्ताले सघर्ष गरेर ठुला ठुला परिवर्तन गरे तर आफ्नै देशका शासकहरुले नै जन्ता लाई दास रैति हलि मजदुर बनाए ।चाहे राणा शाहि हुन चाहे राजा माहाराज, चाहे राजनितीक पार्टीहरु नै । २०७ साल वा २०१५ साल चाहे २०४६ चाहे २०६२ २०६३ ती भित्रको लामो सघर्षले देशमा परिवर्तन नआएका हैनन । राजनैतीक पार्टी ले सरकार नबनाएका पनि हैनन । स-साना दल ठुला नबनेका पनि हैनन । पक्ष प्रतिपक्ष नभएका पनि हैनन । तर आखिरी किन जन्ता जनार्दनहरुले परिवर्तन को महशुस गर्न सकिरहेका छैनन । किन सबै राजनीतिक पार्टीहरु भित्र र बाहिर सहकार्य सहमतिका साथ अगाडी बढन सकिरहेका छैनन । किन सरकारमा पुगेपछि आ– आफ्नै आन्तरिक द्बन्दमा फस्न पुगेका छन ? किन सरकार आफै आफू गिराउने खेलमा लागेका छन ? सघर्ष गर्दा सयूक्त भएर आन्दोलन गरेका नेता पार्टीहरु किन आज एक अर्काको बिरुद्ध जेहाद फालेर बिरोधमा उत्रेका छन । किन आफ्नै पार्टीहरु भित्र एकता छैन । यी सबको खोजि अनुसन्धान गर्ने पर्ने अति आवश्यक छ ।
देश र जनताको पक्षमा हो भने किन सत्ताकै लागि मरिहत्य गरि रहेका छन ? २०१५ मा बहुमत दिए । २०४८ मा बहुमत दिए २०७४ मा बहुमत दिएकै छन । फेरि किन जनताले सोचे जस्तो परिवर्तनको अनुभव गर्न सकिरहेका छैनन ? भएको उपलब्धिको पनि किन प्रचार प्रसार हुन सकिरहेको छैन ? के जन्ता सधै उनीहरु आन्तरीक लडाईको सिकार बन्नेहोर ? देश सधै सिमीत पार्टीको बन्धक बन्ने होर ? हैन भने किन सबैदलहरुमा सघर्ष छ र किन उनीहरु आफैले आम जनतालाई समेटन सकिरहेका छैनन ? के त्यस प्ररकारको लिडर सीप कुनैदल मा नदेखिएकै हो त ? आज कोभिड ज्ञढ को मारले देशमा आर्थिक गतिबिधि ठप्प छ । बेरोजगारको संख्या दिन चौगुना बढ्दैछ र बिदेशमा पुगेका प्रवासीहरु प्रवासमै अलपत्र छन । स्वदेश आएका पनि उनी हरु आफ्नै देशका शासक प्रशासकहरुबाट अपमानित तिस्कार बन्नपरि रहेको छ । स्वदेश आउने प्रवासीको हालत त बिदेश देखि सिमाना सम्म सिमानादेखि गाउँ समाज सम्म लुटन दलालहरु लाईनमा छन नै । उनीहरुको त्यस अपमानित तिस्कार र लुटलाई सुन्ने निकाय मौन छ। देशभित्र महङ्गी हत्या हिंसाले सिमा नाघिरहेका छन ।सरकार सब ठिक ठाक छ भनेर व्याख्या गरिरहेको छ ।
जनताका दैनिकी जीवन कस्टकर बन्दै गैरहेका छन। यी सबका बिरुद्ध सबै राजनितीक पार्टी हरु एकता बनेर अगाडि बढनुको साटो । सरकार पक्ष नेकपा आज सत्तामा गएका र नगएका बिरुद्ध शितयूद्ध जस्तै भित्र भित्र र कहिले काहीँ बाहिरै आम जन्तामा देखिने गरि यूद्धझै शक्ति सघर्ष । मन्त्री पाउने र नपाउने बिच वा सेवा सुबिधा लिने र लनिले नपाउने बिच सघर्ष चलिरहेको छ । काग्रेस आफैभित्रको खेलमा द्वन्दमा व्यवस्था छ । केहि सरकारबाट पाउने र पाउँदा खुशिमा रमाएका छन । समाजबाद पार्टीहरुको हालत जोडजाड गरेर ठुलो देखिने कोसिस गरेपनि आखिर उनिहरुपनि आन्तिरिक मामिलामा रुमालिन पुगिरहेकाछन । राप्रपाको हालत अवस्था त्यसदेखि तलै छ । साझा पार्टी उहीँ सामाजिक सन्जालबाटै थिती र बिथितीको आवाज उठाउनु बाहेक जन्तामा खासै पहुचबनाउन सकिरहेको छैन । नेकपा मसाल लाई उहीँ सघियता बेठिक भो भनेर बिज्ञप्ति निकाल्दै आफ्नै आन्तरीक सघर्षबाट माथि उठन सकिरहेकोछैन । अन्य स–सनादल हरु कहिले काहीँ जोड जाड गरेर माईतघर मण्डलमा उफ्रन्छन । तर खासै देश र जन्ताको पक्षमा सघर्षको पक्षेमा सगठित गर्ने गराउन सकिरहेका छैनन भने केही सामाजिक अभियान्त तथा मानवअधिकार बादी सगठनहरुको त कुरै नगरौ । दूईचार दिन बिदेशिहरुको डलरमा उफ्रिन्छन । त्यसपछि आफै सेलाउछन । भ्रष्टाचार बिथिती दलाली महङ्गी अनि व्यूरोकेसी तथा केही राजनीतिक को आबरण भित्र तस्करी बिरुद्धको आन्दोलन उठन नसक्ने हो त ? के यो देशका राजनीतिक पार्टी हरु प्रति राजा माहाराजाहरुले धुपहालेरै छाडेका हुन त ?
संसार विकास सु–शासन अनुशासित बनेर अगाडि बढीरहँदा हाम्रो देशका राजनीतिक पार्टीहरुका नेता कार्यकर्ता के सिमीत सत्ता स्वार्थ खातिर जन्मेका हुन त ? हैन भने किन सबै दलहरुमा किन भाडभैलो छ । यसको जबाफ आज आम जन्ताले खोजिरहेका छन । सिमीत अवसरमै कमाउने उनीहरुको चाहाना हो भने आम जनताले हेरिरहेकै छन । जन्ताको मनको बाँध टुटन नपरोस । समयमै सबै दल नेता हरुले सोचुन र देश र जन्ताको पक्षेमा खडा बनुन। मात्र हाम्रो यहि कामना छ ।
(लेखक प्रवासी नेपाली संघ भारत, केन्द्रीय संगठन बिभाग सदस्य हुन।)
वि.सं.२०७७ कात्तिक २ आइतवार ११:१७ मा प्रकाशित






























