back
CTIZAN AD

कविता: मेरी उसले

वि.सं.२०७७ कात्तिक ८ शनिवार

1.2K 

shares

मेरी उसले
निराकार मेरा
भौतारिएका सपनाहरुलाई
साकार पारेर उभ्याएको छ
र आकार दिएको छ
उसकै कोमल मनले
जीवनको थुप्रै रंगहरु भरेर ।
सधैँ सम्हालेर अनि
स्याहारेर मेरो घर आँगन
फुलाएको छ उसले
मेरो जीवनको बगैंचामा
अनगन्ती रंगीन फुलहरू
जसलाई उसले
हरेक बिहान
मलजल गरेको हुन्छ
माया साटेर प्रेमले
म त बस्
सहारानाका मात्रै गर्छु
उसको यो कामको
अनि उ अझै
तल्लिन रहेर
लागेको देख्छु
घरको रहल कामहरूमा ।

उ कहिले थाकिन
मेरो घरको कसिंगर फ्याँकेर
उसले कहिल्यै भूलिन
कहिल्यै चुकिन पनि
मेरो घरको कुनाकाप्चामा
झूण्डिएको माकुराको जालो
भत्काएर बढारेर संगाल्नु ।
म सधैं देख्छु
उसको हर अन्दाजमा
हाम्रो घर प्रतिको
अथाह चाहानाहरु !
अथाह समर्पणहरु !!
म संम्झने गर्छु
बुझ्ने कोसिस गर्छु
घरको परिभाषाको बारेमा ।

आलिशान ठूलो घर
थुप्रै ठाठ बाठले सुसज्जित
थुप्रै कमराहरु भएको
मात्र घर हो र ?
अथवा मेरी उसले
मायाले सिचेको घर नै
घर हो ।
त्यो घर जहाँ
उसको मायालु स्पर्शले रमाएका
प्रेमका अनगन्ती रंगीन
फुलहरू फुलेको सुगन्धमा
रमाएका मेरो छोरा छोरी
नाता नातिनीको थुप्रै
हाँसोहरुमा मौलिएको
किलकारीहरुमा मस्त बाँचेको घर
वास्तवमा घर हो ।

मैले थुप्रै घरहरु देखेको छु
जुन घरहरूमा
अपरिमित बैभव हुँदा हुँदै पनि
सधैँ रुखो निष्क्रिय चुपचाप
जिन्दगी झेलेर बाँचेको देखेको छु
जहाँ सधैँ
कहालिलाग्दो शुन्यताहरु मात्र हुन्छन् ।

आखिर किन ?
किनकि त्यहाँ
मेरी उ जस्ती
मायालु निष्ठावान गृहणीको अभाव छ ।
मलाई सधैं उसले
बाँधेर राखेको छ
मायाको अटुट डोरीमा ।

तर ,
आज जे जति लेखे
त्यो,
मेरो हृदय भरीको
मेरो वरिपरिको
संम्पूर्णतामा फैलिएको
उकाली ओरालीहरुको
आख्यानको मेरो क्षीण कोशिशको
एउटा सानो प्रारुप
कोसेली स्वरुप
आजको यो भेलेनटाईन डेमा
उसकै लागि समर्पित छ
केवल केवल उसैको लागि
मेरी उसलाई मेरी अमृतालाई ।

उडानको छुट त दिएको छ
मलाई उसले
तर त्यहीं सम्म मात्र
जहाँ सम्म उसको उद्धेश्यको
परिपुर्ति छ ।
अनि जब उसले चहान्छ
म लाचार फर्कनु बाध्य बन्छु
बिस्तारै बिस्तारै उसको
तिलस्मी संसारमा प्रेमको
जहाँ उसले
बडो जतनले
बाँधेको हुन्छ मलाई
मायाको लट्टाईमा र म
भाव विभोर
मंत्र मुग्ध
लम्पसार परेको हुन्छु
उसको सुकोमल काखमा
मायालु अंकमालमा ।

उसको बारेमा मैले
जति नै लेखे पनि
कति नै कोशिश गरे पनि
असमर्थ रहे
उसको अपरिमित समर्पणमा
मेरो घरप्रति उसको अथाह निष्ठामा ।
तर ,
आज जे जति लेखे
त्यो,
मेरो हृदय भरीको
मेरो वरिपरिको
संम्पूर्णतामा फैलिएको
उकाली ओरालीहरुको
आख्यानको मेरो क्षीण कोशिशको
एउटा सानो प्रारुप
कोसेली स्वरुप
आजको यो भेलेनटाईन डेमा
उसकै लागि समर्पित छ
केवल केवल उसैको लागि
मेरी उसलाई मेरी अमृतालाई ।

( कविको ‘मेरी अमृता’ कविता संग्रहबाट साभार )

पेदोंग बजार माथिल्लो लाईन,दार्जिलिङ भारत

वि.सं.२०७७ कात्तिक ८ शनिवार ०९:२९ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...