back
CTIZAN AD

कोरोना महामारीका कारण पाकिस्तानका ११ अदालतमा शिलवन्दी

वि.सं.२०७७ कात्तिक १६ आइतवार

732 

shares

१६ कात्तिक, पाकिस्तान । न्यायाधिश तथा कर्मचारीहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि पाकिस्तानका ११ अदालतमा शिलबन्दी गरिएको छ । पाकिस्तानको दैनिक विवरण सार्वजनिक गर्दै आएका इस्लामावाद बार एसोसिएसनका सचिव नबिल तिहिर मिर्जाले शुक्रबार यो कुराको पुष्टि गरेका हुन् ।

देशभर रहेका ७० अदालतहरु मध्ये ११ अदालतमा कुनै पनि काम कारबाही नहुनेगरी बन्द गरिएको उनले जानकारी दिए । ती अदालतहरु जिल्ला तथा शुरु तहका अदालतहरु पनि रहेका छन् ।

बन्द गरिएका ११ अदालतका १२ जना न्यायाधिश र कर्मचारीहरुमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको उनले बताए ।
बारका सचिव मिर्जाले सङ्क्रमित भएकाहरुको उपचार भइरहेको पनि सञ्चार माध्यमहरुलाई जानकारी दिए । पाकिस्तानमा शुक्रबारसम्म कोरोनाभाइरसबाट कुल सङ्क्रमितहरुको संख्या तीन लाख ३२ हजार १८६ रहेको छ ।

त्यसैगरी कोरोनाका कारण पाकिस्तानमा शुक्रबारसम्ममा छ हजार ७९५ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । (रासस)

वि.सं.२०७७ कात्तिक १६ आइतवार ११:३४ मा प्रकाशित

 अनशनरत भारतीय अभियन्ताको स्वास्थ्य अवस्थाबारे चिन्ता

 अनशनरत भारतीय अभियन्ताको स्वास्थ्य अवस्थाबारे चिन्ता

नयाँदिल्ल । नयाँदिल्लीको एक अदालतले बिहीबार भारतको परीक्षा प्रणालीविरुद्ध अनशनरत...

अमेरिकी महिलाको रिहाइमा ‘शुभेच्छाको इशारा’:  भन्दै राष्ट्रपति ट्रम्पद्धारा प्रशंसा

अमेरिकी महिलाको रिहाइमा ‘शुभेच्छाको इशारा’:  भन्दै राष्ट्रपति ट्रम्पद्धारा प्रशंसा

वाशिङटन, अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समय अनुसार...

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

अम्मान । जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले मङ्गलबार बिहान इरानी भू–भागबाट...

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक बारमा भएको भीषण आगलागीमा...