back
CTIZAN AD

लघुकथाः भावि बन्यो टेलर माष्टर

वि.सं.२०७७ कात्तिक २९ शनिवार

735 

shares

रविलाल शर्मा निक्कै सम्पन्न परिवारमा गनिएका मानिस थिए । घरमै बस्दापनि निक्कैराम्रा शुटबुट कसेर बस्ने उनको आदत थियो । तर आजभोली उनलाई असाध्यै टाउको दुख्ने विमारले सताएकोले उनी दुनियाभरमा नाम कहलिएका डाक्टरहरूलाई खोजीखोजी विमार जचाँउदैछन् ।

उनलाई सबभन्दा पहिले आँखाको कारणले टाउको दुखेको हुनसक्छ भनेर आँखाको डाक्टरकोमा पठाईयो, केही विसेक भएन । फेरि बंगारा ठोकिएका रहेछन् भनेर दाँतको डाक्टरलाई देखाउन भनियो,दाँत विशेषज्ञले दाँतमा रेति दलेर मिलाईदिए तर उनलाई केही फरक परेन ।

फेरि नाकमा ट्युमर भयोभने पनि यसरी टाउको दुख्छ भनेर नाकको डाक्टरकोमा पठाईयो तर त्यहाँबाट पनि उपलव्धि नभएपछि उनलाई अव नबाँचिने रहेछ भन्ने पिरले खुव सतायो ।

उनले एकदिन यस्तो सोचे अव म पक्कै मर्छु, तसर्थ म एकजोडी चटक्क मिलेका टाईट फिटिंग शुट सिलाउन लाउछु र मर्ने वेलामा पनि चिटिक्क परेरै मर्छु । उनी राम्रा कपडा लिएर टेलरकोमा पुगे, टेलरलाई कपडाको नाप लिदालिँदै भने ‘भाइ कपडा चाँही टाईट फिटिंग हुनुपर्छ है ?’

टेलरले भन्यो हजुर म सिलाउन त हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै सिलाईदिन सक्छु तर आजभोली टाईट फिटींग कपडा लाउनेहरूलाई असाध्यै टाउको दुख्ने रोग लाग्दोरहेछ भनेर भन्छन र नि हजुर ?

ए हो र ? ल ल उसो भए लुजफिटिंग नै सिलाउ न त ! त्यो कपडा लगाएदेखि आजसम्म रविलाल शर्माले टाउको दुख्यो भनेका छैनन् ।

वि.सं.२०७७ कात्तिक २९ शनिवार ०८:०८ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...