
१
मन हल्का बनाउ
आँखाको पानी बगाई
मैलिएको बह धोएर ।
२
तिमीलाई यति सम्झे
आफूलाई बिर्सिएर
क्षितिज पारि गगनमा ।
३
कति बाच्दछौ तिमी
आँखाको कसिङ्गर भै
जिन्दगानि दर्पण छाँया ।
४
बोझिला रातहरू
मनमा तरङ्ग उड्यो
सुख्खा धरा वर्षात विना ।
५
मेरो कुरा बुझेर
जवाफ दिन्नौ किन हो
तिमीलाई एउटा प्रश्न ।
वि.सं.२०७७ मंसिर ६ शनिवार ०९:०९ मा प्रकाशित






























