back
CTIZAN AD

कविता: भाषानै भगवान हो

वि.सं.२०७७ मंसिर ६ शनिवार

1K 

shares

कणकणमा भगवान भएझै
मानवको जाति जातिमा छ
एक एक भाषा
चाहे नेपाली होस्
बर्मेली या अरबी
अंग्रेजी, रुसी, फ्रान्सेली या पुर्तगाली
त्यसैले म भन्ने गर्छु
भाषानै भगवान हो ।

आमाले कानेखुसी गरेको
प्रत्येक जातजातिका
मानवले आ–आफ्नो हावभावमा
भिन्नाभिन्नै घरघरै बोल्ने,
गाउने र स्तुति गर्ने
आफ्नो जन्मसिद्ध अधिकार मानेको
आफ्नो हो भनेर गर्व गर्न सकिने
त्यहिनै हुनुपर्छ आफ्नो भाषा ।

मातृभाषा नामले धन्य भएको
त्यसैले म भन्ने गर्छु
भाषानै भगवान हो
भाषा बिना जान्दिन लेख्न मैले कविता
भाव पुराना मात्र छन्
शब्दमा छैन नविनता छैन्
चिन्तनशील भएर लेख्दा पनि
पढ्ने जतिले भन्दिन्छन्
ठीक छैन कविता ।

अनेक शब्दलाई जोडेर लेख्छु
ठीक छैन भनिदिन्छन्
पाना च्यातेर फ्याकिदिन्छु
कविहरु कसरी लेख्छन् कविता
प्राचिनलाई पनि शब्दले बनाई नबिनता ।

ममा किन छैन कविता लेख्ने शीप
के म भित्र
बल्न सक्दैन कवित्वको दीप
अझै पनि म कोशिस् गर्छु
लेख्न कविता
भाषानै भगवान हो भनिदिएता ।

वि.सं.२०७७ मंसिर ६ शनिवार १०:११ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...