संगठनभित्र आपसी एकता र मेलमिलापको बातावरणको माहोल स्रुजना गर्नेतिर पहकदमी लिने समेत निर्णय गर्दै यसका लागि नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यद्वय विष्ट र पाण्डेको नेतृत्वमा ३५ वटै देशका जनसम्पर्क समितिका अध्यक्ष सहभागी हुने अग्री एक समन्वय टीम क्रियाशील गर्ने निर्णय पनि बैठकले गरेको छ ।
९ मंसिर, काठमाडौं । नेपाली काँग्रेसको बिदेशस्थित भातृसंगठन नेपाली जनसम्पर्क समिति(नेजस)हरुको भर्चुअल बैठक सम्पन्न भएको छ ।
नोभेम्वर २२, २०२० आइतवार नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यद्वय नेपाली जनसम्पर्क समिति, अमेरिकाका अध्यक्ष आनन्द विष्ट र नेपाली जनसम्पर्क समिति, भारतका अध्यक्ष बालकृष्ण पाण्डेको संयुक्त पहलमा समितिका सबै सभापतिहरुको सामुहिक बैठक सम्पन्न भएको हो ।
सो बैठकले समितिको आगामी अधिवेशन, क्रियाशिल सदस्यता बितरण, एनआरएनए निर्वाचनमा सक्रिय भूमिका सहितको सहभागिता, नेपाली जनसम्पर्क समितिहरुको हक हितका साथै बिद्यमान समस्याहरुलाई नेपाली जनसम्पर्क समिती समन्वय बिभाग मार्फत पार्टीलाई अबगत गराउने, बिश्वभरीका जनसम्पर्क समिति र अध्यक्षहरुको एक्यबद्धता, बिश्व जनसम्पर्क अध्यक्ष फोरम लगायतका बिषयमा छलफल तथा निर्णय गरेको थियो । साथै संगठनभित्र आपसी एकता र मेलमिलापको बातावरणको माहोल स्रुजना गर्नेतिर पहकदमी लिने समेत गर्ने निर्णय गरेको छ ।
साथै संगठनभित्र आपसी एकता र मेलमिलापको बातावरणको माहोल स्रुजना गर्नेतिर पहकदमी लिने समेत निर्णय गर्दै यसका लागि नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यद्वय विष्ट र पाण्डेको नेतृत्वमा ३५ वटै देशका जनसम्पर्क समितिका अध्यक्ष सहभागी हुने अग्री एक समन्वय टीम क्रियाशील गर्ने निर्णय पनि बैठकले गरेको छ ।
विज्ञप्ति
विश्वभरिका ३५ भन्दा बढी देशमा विस्तारित भैसकेको नेपाली जनसम्पर्क समिति नेपाली कांग्रेसको विदेशस्थित आधिकारिक सङ्गठन हो। नेपाली कांग्रेसको विधि, विधान, नीति र निर्देशन अनि सम्बन्धित देशको कानुन हाम्रा लागि मार्गदर्शन हुन्। सोही अनुसार विश्वका विभिन्न मुलुकमा छरिएर रहेका प्रवासी कांग्रेसजनलाई संगठित गर्दै मातृभूमि र मातृपार्टीको लागि समितिको माध्यमबाट सहयोग गर्नु हाम्रो जिम्मेवारी हो। यही जिम्मेवारी अनुसार समितिले काम गर्दै आएको छ। यसका साथै विदेशमा रहेका नेपालीहरुलाई आवश्यकता परेका बेला प्रत्यक्ष सहयोग गर्ने र समन्वय गरेर समितिले सामाजिक सेवाको क्षेत्रमा पनि काम गर्दै आएको छ । यसका लागि नेपाली कांग्रेस समर्थक र नेपाली जनसम्पर्क समितिमा आवद्ध आम लोकतन्त्र पक्षधर र कांग्रेसका सदस्य, शुभेच्छुक मित्रजनलाई एनआरएन लगायत अन्य स्थानीय संघ, संस्थाको नेतृत्वदायी भूमिका रहेर काम गर्न पनि समितिले समन्वय गर्दै आइरहेको छ र यस्तो समन्वय अब अझ बढी संगठित रुपमा हुनुपर्ने आवश्यकता महसुस गरिएको छ । साथै समितिका आन्तरिक र मातृपार्टीसंग समन्वय गरेर गर्नुपर्ने सांगठनिक कार्यहरु पनि उत्तिकै महत्वपूर्ण छ । यी र यिनै विषयमा जनसम्पर्क समितिका सबै अध्यक्षहरुसंग परामर्श र छलफल गरी साझा निष्कर्षमा पुग्ने उद्देश्यसहित यही नोभेम्वर २२, २०२० आइतवारका मितिमा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यद्वय नेपाली जनसम्पर्क समिति,अमेरिकाका अध्यक्ष आनन्द विष्ट र नेपाली जनसम्पर्क समिति,भारतका अध्यक्ष बालकृष्ण पाण्डेको संयुक्त पहलमा समितिका सबै सभापतिहरुको सामुहिक बैठक सम्पन्न भएको छ।
यो बैठकमा सहभागीहरुस्
१)आनन्द विष्ट, ने.का. आमन्त्रित केन्द्रीय सदस्य एवं अध्यक्ष अमेरिका
२) बालकृष्ण पाण्डे, ने.का. आमन्त्रित केन्द्रीय सदस्य एवं अध्यक्ष भारत,
३) कृष्ण गिरी, सभापति, अध्यक्ष अष्ट्रेलिया,
४) पदमसुन्दर गुरुङ, अध्यक्ष बहराइन,
५) सीता सापकोटा, अध्यक्ष बेल्जियम,
६) बुद्धिप्रकाश ओली, अध्यक्ष क्यानडा,
७) सीता अर्याल, अध्यक्ष साईप्रस,
८) वीरेन्द्रसिंह कार्की, अध्यक्ष डेनमार्क,
९) सुधीर राना, अध्यक्ष फ्रान्स,
१०) भुवानीप्रसाद तिमल्सिना, अध्यक्ष युएई,
११) शिखर खड्का, अध्यक्ष जर्मनी,
१२) खगेश्वर अधिकारी, अध्यक्ष ईजरायल,
१३) रोशन केसी, अध्यक्ष जापान,
१४) लेखबहादुर गुरुङ, अध्यक्ष मकाउ,
१५) बुद्धिसागर घिमिरे, अध्यक्ष न्यूजिल्याण्ड,
१६) जितेन्द्र शाही, अध्यक्ष नर्वे,
१७) डा. एलिनी सुबेदी, अध्यक्ष पोल्यान्ड,
१८) बिनोद घिमिरे, अध्यक्ष पोर्चुगल,
१९) शंकर न्यौपाने, कार्यबाहक अध्यक्ष कतार,
२०) आस्था बिन्दु मल्ल, अध्यक्ष दक्षिण कोरिया,
२१) ईन्द्र शर्मा, अध्यक्ष स्पेन,
२२) श्याम सापकोटा, अध्यक्ष स्वीजरल्याण्ड,
२३) सन्देश केसी, अध्यक्ष माल्टा
करिब ५ घण्टासम्म चलेको यो बैठकमा समितिको आगामी अधिवेशन, क्रियाशिल सदस्यता बितरण, एनआरएनए निर्बाचनमा सकृय भूमिका सहितको सहभागिता, नेपाली जनसम्पर्क समितिहरुको हक हितका साथै बिद्यमान समस्याहरुलाई नेपाली जनसम्पर्क समिती समन्वय बिभाग मार्फत पार्टीलाई अबगत गराउने, बिश्वभरीका जनसम्पर्क समिति र अध्यक्षहरुको एक्यबद्धता, बिश्व जनसम्पर्क अध्यक्ष फोरम लगायतका बिषयमा छलफल तथा निर्णय गरिएको थियो । साथै संगठनभित्र आपसी एकता र मेलमिलापको बातावरणको माहोल स्रुजना गर्नेतिर पहकदमी लिने समेत गर्ने निर्णय गरियो।
यसका लागि,
१) नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यद्वय विष्ट र पाण्डेको नेतृत्वमा ३५ वटै देशका जनसम्पर्क समितिका अध्यक्ष सहभागी हुने अग्री एक समन्वय टीम क्रियाशील गर्ने र यस्तो टीमले हाल एनआरएन गठन रहेका सबै देशको एनसीसी र आगामी आइसीसी नेतृत्वमा नेपाली कांग्रेस र जनसम्पर्क समितिमा आवद्ध एवं क्रियाशील रहेका साथीहरुको नेतृत्व स्थापित गर्नका लागि सबैखाले पहल गर्ने निर्णय गरिएको छ ।
यसका लागि आवश्यकता अनुसार विभिन्न देशमा रहेका कांग्रेस निकट एनआरएन अभियान र जनसम्पर्क समितिको विभिन्न भूमिका रहनु भएका साथीहरुको एक बृहत कार्यदल गठन गर्न पहलकदमी लिने। यसका लागि पार्टीको मूल नेतृत्वसमक्ष आवश्यक समन्वय गर्नका लागि आमन्त्रित केन्द्रीय सदस्यद्वयले जिम्मेवारी लिने ।
२) जनसम्पर्क समितिहरुको आगामी अधिवेशनका लागि क्रियाशिल सदस्यता प्राप्त नगरिसकेका देशको हकमा पार्टी सँग पहल गरी यथाशीघ्र सदस्यता उपलब्ध गराउन पहल गर्ने।
३) पार्टीको बिधि र बिधान बिपरीत आम शुभेच्छुकहरुलाई भ्रम सिर्जना हुने गरी आफूखुशी जनसम्पर्क समितिको नाममा यसको मर्यादा र गरीमामा समेत आंच आउने गरी खोलिएका र स्थापना गरिएको भनिएका सबैखाले कथित समितिहरुको भर्त्सना गर्ने र यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न सामूहिक रुपमा आवाज बुलन्द गर्ने। यसका लागि सबै देशका जनसम्पर्क समितिले आआफ्नो देशको कार्यसमितीको बैठक मार्फत आवश्यक प्रकृया अघि बढाउने।
४) एनआरएन र र नेपाली जनसम्पर्क समितीसँग आबद्ध र अनुभबी ब्यक्तीहरु सहभागी हुने गरी तत्काल छलफल र बैठक शुरु गर्ने।
५) नेपाली जनसम्पर्क समिति माल्टाको तदर्थ समितिलाई पार्टीबाट आधिकारिकता दिलाउन ने.का. आमन्त्रित केन्द्रिय सदस्यद्वयले पहलकदमी लिने।
६) विश्वभर छरिएर रहेका लोकतान्त्रिक पक्षधर नेपालीहरुको योग्यता, क्षमता र बिज्ञता हासिल गरेका व्यक्तिहरुको पहिचान गरि उहाँहरुको अनुभवलाई पार्टी र मातृभूमिको हितका लागि सदुपयोग गर्न विश्वब्यापीरुपमा पहल गर्ने । नेकासँग समन्वय र निर्णयहरुलाई कार्यान्वयन गराउन बालकृष्ण पान्डे नेपाल जाने हुनुभएकोछ।
वि.सं.२०७७ मंसिर ९ मंगलवार १७:०३ मा प्रकाशित




























