back
CTIZAN AD

कविता: चिया अनि कवि

वि.सं.२०७७ मंसिर १३ शनिवार

1.9K 

shares

शेरे मगमा चिया टन्न भरेर
बस्यो टुलमा थपक्क
टेवलमा राखिएको फिक्का चियालाई
हेरिरह्यो एक टक लाएर

एकजना भावुक कविले !

भावनाहरूको लिस्नो लगायो
शेरे मगमा
र पस्यो चियाभित्र

आमाको रहरहरू दबिएको छ
बाबाको आवाजहरू दबिएको छ
र दबिएको छ कर्णधारहरूको भविश्य
त्यही माटोमा !
त्यही माटोमा !

निःसन्देह चियाबारीको माटो ।।

चियाभित्र उसले पुर्खाको अनुहार देख्यो
चियाभित्र उसले भोकको शहर देख्यो
र देख्यो उसले आमाको लामो सुस्केरा

चियाबाट बाहिर निस्क्यो उ
र पियो एक चुस्की
र पियो अर्को चुस्की

चियाभित्र उसले वालकपनको स्वाद भेट्यो
चियाभित्र उसले अल्लारेपनको गन्ध भेट्यो
र भेट्यो उसले आफ्नो थकित बृद्धापनहरू

आकाशवाणी भो !
चियाले कविलाई सुस्तरी भन्यो
‘ऐ कमाने,
तेरो भूत, भविश्य र वर्तमान मै हुँ’

कवि छक्क पर्यो !
तीन छक्क पर्यो !!

हुन पनि हो,
युगौंबाट घोप्टिएको छ कमानेको पसिना
सिञ्चिएको छ खुन
र दबिएको छ बाऊ-बाजेको जीवाश्म

आमाको रहरहरू दबिएको छ
बाबाको आवाजहरू दबिएको छ
र दबिएको छ कर्णधारहरूको भविश्य
त्यही माटोमा !
त्यही माटोमा !

निःसन्देह चियाबारीको माटो ।।

वि.सं.२०७७ मंसिर १३ शनिवार ०९:२१ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...