back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७७ मंसिर १३ शनिवार

939 

shares

१.
उज्यालो छर्ने दियोलाई कसले पो बुजाउछ र
मूर्ख अज्ञानी छोड़ेर ज्ञानीलाई पो बुझाउछ
हुनेलाई त भई गयो,तर यहाँ त नहुनेकै पो-
हुनेले जसको शक्ति उसको भक्ति बुकाउछ र ।
२.
कहिल्यै पराधीन नभएको देश नेपाल
कहिल्यै दिनहीन नभएको देश नेपाल
अन्य राष्ट्रलाई विस्तारवादी नीति गर्नुमा-
कहिल्यै तल्लीन नभएको देश नेपाल ।
३.
पारि नेपालीलाई चिमोटे वारि दुख्छ हामीलाई
कुनै एकले विराए वारिपारि भुक्छ हामीलाई
हामीमध्यमा कि वारि कि पारिकोले नाक राखे-
गर्वसाथ भन्छौं,जुनैले राखे’ नि पुग्छ हामीलाई ।
४.
गोर्खा आफ्नोभन्दा अर्काको बाटोमा हिड़ने गर्छ
अरूका गुलामी भएर अरूकै निम्ति भिड़ने गर्छ
शिखरमा पुगिसकेको एकआपसमा चिडिएर नै-
आफै चड़ेको रूख आफैले फेदमा गिँड़ने गर्छ ।
५.
विश्वभरी एकमात्र गुलामी गोर्खा फौज
भुत्ते वीर बहादुर,तर नामी गोर्खा फौज
अब खुकुरी वीर होइन, कलम वीर भई-
शत्रु आईलागे बनौ हामी गोर्खा फौज ।

तकभर चिया बगान, लेप्चा बस्ती, दार्जीलिङ्ग (भारत)

वि.सं.२०७७ मंसिर १३ शनिवार ०९:२६ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...