
१.
उज्यालो छर्ने दियोलाई कसले पो बुजाउछ र
मूर्ख अज्ञानी छोड़ेर ज्ञानीलाई पो बुझाउछ
हुनेलाई त भई गयो,तर यहाँ त नहुनेकै पो-
हुनेले जसको शक्ति उसको भक्ति बुकाउछ र ।
२.
कहिल्यै पराधीन नभएको देश नेपाल
कहिल्यै दिनहीन नभएको देश नेपाल
अन्य राष्ट्रलाई विस्तारवादी नीति गर्नुमा-
कहिल्यै तल्लीन नभएको देश नेपाल ।
३.
पारि नेपालीलाई चिमोटे वारि दुख्छ हामीलाई
कुनै एकले विराए वारिपारि भुक्छ हामीलाई
हामीमध्यमा कि वारि कि पारिकोले नाक राखे-
गर्वसाथ भन्छौं,जुनैले राखे’ नि पुग्छ हामीलाई ।
४.
गोर्खा आफ्नोभन्दा अर्काको बाटोमा हिड़ने गर्छ
अरूका गुलामी भएर अरूकै निम्ति भिड़ने गर्छ
शिखरमा पुगिसकेको एकआपसमा चिडिएर नै-
आफै चड़ेको रूख आफैले फेदमा गिँड़ने गर्छ ।
५.
विश्वभरी एकमात्र गुलामी गोर्खा फौज
भुत्ते वीर बहादुर,तर नामी गोर्खा फौज
अब खुकुरी वीर होइन, कलम वीर भई-
शत्रु आईलागे बनौ हामी गोर्खा फौज ।
तकभर चिया बगान, लेप्चा बस्ती, दार्जीलिङ्ग (भारत)