
नेपाली, नेपालको राष्ट्रिय जनावर हो गाई ।
पुज्छौ सबले एकदिन अघि पुज्नु भन्दा भाइ ।।
कति धेरै महत्त्व छ, दूध दहि घिउ गहुँत ।
बुझ्न सके यसको उपयोग हुने थियोे बहुत ।।
१
एक पुच्छर, दुईटा सिङ हुन्छन् चारवटा पाउ ।
खान्छन् दुध बुढोभैसि खेदाउँछन् बनाएर घाउ ।।
मलमुत्र, खेतीपाति गर्न, हुन्छ रे ! मलिलो ।
कुँडो घाँस जे नि ! खान्छ पाल्नलाई सजिलो ।।
२
बाच्छो पाए जोत्न हुने, बाच्छी पाए पुज्नी ।
यसकै पुच्छर समाएर, मरेपछि बैकुण्ठ तर्नि ।।
काला,सेता, राता, खैरा यस्तै रङका हुन्छन् ।
कति मान्छे गाई पालनले, सफलता चुम्छन् ।।
३
छोरीसँगै दान गर्छन्, गर्छन् मान्छे मर्दा नी !
कति शान्तसँग चर्छ, चरनमा चर्दा नी ! !
गाईकै छाला प्रयोग गरी, बन्छ पेटी झोला ।
बिन्ती गर्छु, गौमातालाई सम्मान गर्नु होला ।।
४
मीठो हुन्छ पनिर, मोही, त्यसैमाथि तर ।
गाई पाल्नी मान्छेको, छुट्टै लच्छिन घर ।।
जन्मदिनमा फनपार्क हैन, गौशाला जाउँ ।
एक घर एक गौमाता, अभियान चलाउँ ।।
५
मातासरी गौमाता हुन्, यति कुरा बुझ्नु ।
हत्या हिँसा गर्न हुन्न, ईश्वर सम्झि पुज्नु ।।
वा . न . पा .१४ गाएडाँडा, स्याङ्जा
वि.सं.२०७७ मंसिर १३ शनिवार ०९:२८ मा प्रकाशित






























