back
CTIZAN AD

को-को हुन् त परिवर्तनका संवाहकको सम्मानबाट सम्मानित हुने दर्जन नेपाली व्यक्तित्व ?

वि.सं.२०७७ मंसिर २४ बुधवार

1.4K 

shares

वाशिंगटन डिसी । समाजमा योगदान पुर्याएका या नेपालीत्वलाई आफ्नो कर्म क्षेत्रबाट चिनाएका नेपाली अमेरिकन व्यक्ति र नेपाली संघसंस्थाहरुलाई सन् २०२० को ‘परिवर्तनका संवाहक’ (ऋजबलनभःबपभचक) चुनिएको छ ।

यो वर्षको लिष्टमा कूल ८५ व्यक्तित्व र संघसंस्थाहरुलाई चुनिएको छ जसमध्ये व्यक्तित्वहरू ६८ जना रहेका छन् भने ति मध्ये अमेरिकी १६ जना, महिलाहरु १५ जना, पुरुषहरू ५३ जना, अमेरिकी नेपाली ३८ जना, नेपाल फर्किएका ९ जना, नेपाली नागरिक १४ जना र मरणोपरान्त ४ जना छन् ।

त्यसैगरी, नेपाली अमेरिकी संघसंस्थाहरू १२ वटा र अमुक पौरखी पात्रहरु ५ समूहलाई पनि परिवर्तनका संवाहक सूचमा समेटिएकोछ ।
अमेरिकामा अध्ययन र कर्म गरी मातृभूमि नेपाल फर्किएका कर्मवीर नेपालीहरु र नेपाल र नेपालीको निम्ति आफ्नो जीवन र कर्म समर्पण गरेका अमेरिकि नागरिक र संस्थाहरुलाई पनि ‘परिवर्तनका संवाहक’ बाट सम्मान गरिएको छ । नेपालीजम डट कम पहिलो वर्ष पुरा गरी दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा ‘परिवर्तनका संवाहक–२०२०’ घोषणा गरिएको हो ।

‘परिवर्तनका संवाहक–२०२०’ सूचीमा पूर्व अमेरिकी राजदूत स्कट डेलिसी, सिएनएन हिरो २०१५ म्यागी डोयन, अमेरिकी प्रोफेसर टेड रिकार्डी (मरणोपरान्त), सिएनएन पूर्व समाचार वाचिका किरण क्षेत्री, डा. आन्ना स्टिर, जर्सी सिटी मेयर स्टेभन फुलप, अवैतनिक महावाणिज्यदूत मार्भिन ब्रस्टिन, अमेरिकाको लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की, संरासं महिला आयोग उपाध्यक्ष वन्दना राणा, वरिष्ठ संगीतकार किशोर गुरूंङ, पूर्व संरासं सहायक महासचिव कुलचन्द्र गौतम, संरासंका लागि नेपाली स्थाई प्रतिनिधि अमृतबहादुर राई, सामाजिक अभियन्ताहरू डा. महावीर पुन मगर र डा. विष्णुमाया परियार रहेकाछन् ।

त्यसैगरी, परिवर्तनका संवाहक सूचीमा म्यारिल्याण्ड राज्य सभासद ह्यारी भण्डारी, अवैतनिक महावाणिज्यदूत प्रेमराजा महत, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्ले, पत्रकार रवि लामिछाने, डा. पुकार मल्ल, बनस्पतिविद डा. उत्तमबाबु श्रेष्ठ, अर्थविद डा. विष्णु पौडेल (मरणोपरान्त), अमेरिकी आईडल उपबिजेता आर्थर गन, ईण्डियन हेड सहरका उपमेयर किरण सिटौला, मदन पुरस्कार विजेता साहित्यकार निलम कार्की निहारिका, अनेसास संस्थापक अध्यक्ष हेमनाथ सुवेदी, हर्नडन सहरका काउन्सिल सदस्य प्रदिप ढकाल र डा. अम्बिका अधिकारी छन् ।

त्यसैगरी, परिवर्तनका संवाहक सूचीमा समेटिका अन्य व्यक्तित्वहरूमा ग्रामी अवार्ड मनोनित बाँसुरीवादक मानोस सिं, कुर्टिस वाटर्स, सामाजिक अभियन्ता होमराज आचार्य, अवैतनिक महावाणिज्यदूत रिषी ढकाल, डा. प्रह्लाद पन्त, जोली अमात्य, फेसन डिजाईनर प्रबल गुरूंग, उमा कार्की थापा, डा. सुकदेव शाह (मरणोपरान्त), समाजसेवी लिला राई, एनआरएन आईसिसी उपाध्यक्ष सोनाम लामा र उर्गेन शेर्पा आदि रहेका छन् ।

वि.सं.२०७७ मंसिर २४ बुधवार १२:२८ मा प्रकाशित

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...